२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

तुलसीपुर महोत्सवमा दर्शकको ओइरो सोमवार देखि हेलिकप्टरमा यात्राको हुने

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

(शरद रेग्मी)
दाङ माघ १२ तुलसीपुरमा जारी तुलसीपुर महोत्सव २०७६ मा आईतबार पनी उल्लेख्य दर्शकहरुको सहभागिता रहेको छ । माघ १० देखी शुरु भएको महोत्सवको तेस्रो दिन हजारौ दर्शकहरुले मेलाको अवलोकन गरेका छन ।
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आयोजना गरेको महोत्सवमा दैनिक हजारौ दर्शकहरुको उपस्थीतिले आयोजकहरुलाई समेत हौसाएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले निमार्ण शुरु गरेको सभाहलको निमार्ण कार्य सम्पन्न गर्ने उदेश्यले आयोजना गरेको महोत्सवमा दैनिक दर्शकहरुको बाक्लो उपस्थीतिले महोत्सवले लिएको लक्ष्य हासिल हुनेमा आयोजकहरु बिश्वस्त रहेका छन ।
महोत्सवका आर्कषणका रुपमा स्थानिय कृषि उत्पादन सहितको कृषि प्रर्दशनि ,जुम्लाको अर्गानिक सामाग्रि , बाल उद्यान , मौतका कुवा ,होचि महिला ईश्वरि माया छिनाल , दैनिक केन्द्रिय कलाकारहरुकोे प्रस्तुती , स्थानिय नृत्य प्रतियोगिता लगाएतका रहेका छन ।
आज तुलसीपुरमा देवि घर्ति, टिका सानु, रिता केसी, रेश्मी तामाङ ,कमल गाउंले, कमल रेउले, देवेन्द्र बस्नेत, प्रेम विवस घर्ति , दिपक कुमाल ,उमादेवि खनाल लगायतका कलाकारहरुले महोत्सवमा दर्शकहरुलाई आफनो प्रस्तुतिका माध्यम बाट दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका छन । त्यसैगरि आजै देखि महोत्सवमा दंगल कुश्ति खेल समेत शुरु भएको छ ।
महोत्सवको ५०१ नम्वर स्टलमा आज देखि दंगल कुस्ती खेल समेत राखिएको छ । उक्त खेल हेर्नका लागी दर्शकहरुले ५० रुपैयाको टिकट काटनु पर्ने आयोजकले जनाएको छन । त्यसैगरि दैनिक ३ घण्टा भने निशुल्क रुपमा खेल हेर्ने व्यवस्था समेत गरिएको संयोजक अनुज खडकाले बताए ।
महोत्सवमा तुलसीपुर एअरपोर्टको स्तर उन्नतिका लागी सरकारको ध्यानाार्षण गराउने उदेश्यले दैनिक अतिथिहरु आमण्त्रण गरि प्रतिवद्धता जनाउने कार्यक्रम समेत शुरु गरिएको छ । जस अन्र्तगत आइतबावर नेपाली काग्रेसका नेता तथा सविधान सभा सदस्य वुद्यिराम भण्डारीले तुलसीपुर एअरपोर्टको स्तर उन्नतिका लागि काग्रेस पार्टि लागि परेको बताए । साथै उनले आफु माननिय हुदा समेत एअरपोर्टका लागि पर्यटन मन्त्रिलाई ल्याएर सम्भाव्यता अध्यण गराएको बताए । त्यस्तै महोत्सवमा सोमबार चर्चित दोहोरी गायक पशुपती शर्मा , राधिका हमाल , मौसमी राना , प्रशांस कडेल , सिर्जना खत्री , कमल गाउँले सहित अन्य राष्टियत तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवका सास्कृतिक संयोजक ललित जंग शाहले बताए ।
तुलसीपुुर महोत्सवमा हेलिकप्टर यात्रा
तुलसीपुर महोत्सवको चौथो दिन सोमवार देखि हेलिकप्टर यात्राको कार्यक्रम राखिएको छ । भ्रमण वर्ष २०२० लाई सफल पार्ने उदेश्यले स्थानिय पर्यटकिय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम मिलाईएको आयोजक तुलसीपुर उद्योग बाणिज्य संघले जनाएको छ ।
आयोजकका अनुसार भोलि देखि हेलिकप्टर मार्फत तुलसीपुर बजार परिक्रमा ,स्वर्गद्धवारी , धारापानी , पु्रन्धारा छहरा , खैरावाङ , कुपेण्डे ताल , रारा ताल , से फोक्सुण्डो ताल लगाएतका पर्यटकिय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष बिर बहादुुर रावत बिरुले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]