१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

पोखरामा महिलामाथि कुटपिट र अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण १७, २०८२

कास्की । जिल्ला प्रहरी कार्यालय, कास्कीले सार्वजनिक स्थानमा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको जनाएको छ।

दिउँसो करिब ४:५० बजे Pokhara Metropolitan City–९, चिप्लेढुङ्गास्थित पार्किङ क्षेत्रमा दुई जना महिलामाथि कुटपिट तथा दुर्व्यवहार भएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीद्वारा अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा पार्किङ शुल्क उठाउने काम गर्दै आएका तनहुँ जिल्लाको बालुङ स्थायी घर भई हाल पोखरा–५ मा बस्दै आएका २३ वर्षीय एक पुरुषलाई १७ गते चिप्लेढुङ्गाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,कास्कीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव, घोराही बनाउँ अभियानका संयोजक एवं जय महाकाल सेवा समाजका सल्लाहकार सबिन प्रियासनले आफ्नो जन्मदिन घोराही ट्राफिक चोकको पिपल बोटमुनि बटुवा एवं असायहरूलाई खाना खुवाउँदै मनाएका छन् । शुक्रबार साँझ सेवा समाजमा आबद्ध पदाधिकारी, सदस्य एवं निःशुल्क खाना खुवाउने कार्यक्रममा दिनरात खटिएका भोलेन्टियरहरूले प्रियासनलाई खादा माला लगाएर सम्मान समेत […]

काठमाडौँ । थापाथलीमा घर टहरा भत्काउन सुरु भएको छ । बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । उनीहरु सामान बोकेर बस्तीबाट हिँडेका थिए । अहिले बिहान पुगेको डोजरले बस्तीका घरटहरा हटाउन थालेको छ । स्थिति शान्तिपूर्ण छ ।

बाँके । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट मूल्य रु. १५ लाख ९६ हजार ६९७ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा खसीको छाला, […]

error: Content is protected !!