२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

स्वच्छ निर्वाचन सम्पन्न गरी राजनीतिक सुशासन कायम गर्न सबैको जिम्मेवार आवश्यक गृहमन्त्री अर्याल,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण १८, २०८२

बाँके । आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । साथै उनले निर्वाचन आचारसंहिताको पालना गर्न गराउन र कानुन उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याउन निर्देशन दिए ।

गृहमन्त्री अर्यालको नेतृत्वमा गृहसचिव राजकुमार श्रेष्ठ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षकहरुसहितको टोलीले बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा स्थलगत अनुगमन गरेको हो ।

अनुगमनको क्रममा बाँके जिल्लाको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको लुम्बिनी प्रेदेश प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, अनुगमन अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लामा हालसम्म भएका निर्वाचनसम्बन्धी गतिविधिहरु, एकीकृत निर्वाचन सुरक्षा योजना, सुरक्षाकर्मी परिचालन रणनीति, मतपेटिका ढुवानी योजना लगायतको विषयमा प्रस्तुतिकरण गरेका थिए । त्यस क्रममा गृहसचिव राजकुमार श्रेष्ठले सबै सुरक्षा निकायहरु आपसमा समन्वयात्म ढंगले समूह भावनाका साथ परिचालित भई निर्वाचन सफल बनाउन निर्देशन दिए ।

उक्त कार्यक्रमपछि गृहमन्त्री अर्यालले बाँकेस्थित पत्रकारहरुसँगको संक्षिप्त भेटघाटका क्रममा सम्बोधन गर्दै निर्वाचनको माहोल राष्ट्रिय रुपमै उत्साहजनक हिसाबले बढिरहेको र बाँकेके हालसम्मको तयारीलेसमेत त्यसैलाई पुष्टि गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]