२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

फागुन २१ गते चुनाव हुँदैन भनेर भबिस्यबाणी गर्ने ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण १९, २०८२

काठमाडौँ । ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ परेका छन् । चुनाव नहुने भन्दै भविष्यवाणी गरेका अधिकारीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो ।
उनले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने र भए पनि अनिष्ठ हुने भविष्यवाणी गरेका थिए । निर्वाचन नहुने भन्दै भविष्यवाणी गरेर निर्वाचन बिथोल्ने गतिविधि गरेको भन्दै उनलाई मच्छेगाउँस्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

परिवार स्रोतका अनुसार ज्योतिष अधिकारीलाई नियन्त्रणमा लिँदा प्रहरीले कुनै पुर्जी वा कागज देखाएको थिएन । उनलाई १० मिनेट कुरा गर्नुपर्यो भन्दै लगिएको परिवार स्रोतको भनाई छ । तर, साँझ अबेरसम्म पनि घर नफर्किएपछि बुझ्दा उनलाई पठाउन नमिल्ने र सम्मानसाथ राखिएको प्रहरीले बताएको अधिकारीको पारिवारिक स्रोतले बताएको छ । अन्य ज्योतिषीहरुले भने उनको पक्राउको विरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]