२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बालेन सरकार ! आत्मनिर्भर नेपालका लागि १ उद्योग १ उद्यम : सविन प्रियासन

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, चैत्र ०३, २०८२

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले केही दिनमै बन्न लागि रहेको बालेन सरकारले आत्मनिर्भर नेपालका लागि हरेक सरकार १ उद्योग–१ उद्यम नीति र कार्यक्रम अनिवार्य ल्याउनुपर्ने बताउनुभएको छ ।
घोराहीमा जारी कृषि, पर्यटन महोत्सवमा आयोजित ‘स्वदेशी उत्पादनको प्रयोग–देश समृद्धिको आधार’ विषयक कार्यक्रमका प्रमुखु अतिथि समेत रहनु भएका प्रियासनले अब बन्ने नयाँ सरकारले आउँदो आर्थिक वर्ष २०८३ को बजेट मार्फत केन्द्र, प्रदेश, पालिका अनि वडा सरकारले अनिवार्यरुपमा ठूला उद्योग देखि कृषिमा आधारित उद्यमशिल कार्यक्रमहरु सञ्चालन गर्ने नीति अनि बजेट बनाउनैपर्नेमा जोड दिँदै नेपाललाई आत्मनिर्भर बनाउने अबको बाटो नै यही भएको बताउनुभयो ।
नयाँ सरकारले यस प्रकारको नीति, कार्यक्रम र बजेट बनाउन सकेमा आउँदो आर्थिक वर्षमा नेपालमा संघ सरकारले एउटा ठूलो उद्योग, ७ वटा प्रदेश सरकारले पनि ठूला उद्योगहरु, ७५३ पालिका सरकारले एकएक वटा उद्योगहरु र ६७४३ वटा वडा सरकारले एकएक वटा उद्यमशील कार्यक्रम सञ्चालन गर्न सक्ने र नेपाल औपचारिकरुपमा उत्पादनशील मुलुकमा प्रवेश गर्ने प्रियासनको भनाइँ थियो । पहिलो पटक नेपालमा बलियो सरकार निर्माण हुन लागि रहेको र अबको सरकारलाई गुनासो गर्ने छुट नभएको चर्चा गर्दै प्रियासनले नयाँ सरकारले ६ कक्षामै पढ्ने विद्यार्थीहरुलाई घर जाँदा सिप र पैशा लगेर जाने शिक्षा दिनुपर्ने बताउनुभयो । शिक्षालाई सिप, श्रम र उत्पादनसँग नजोड्दा सम्म मुलुकको समृद्धि नहुने बताउँदै प्रियासनले पछिल्लो समय सानासाना बालबालिका पनि धेरैनै सिर्जनशील भैसकेको र उनीहरुको क्षमता प्रयोग गर्न राज्यले नसकेको बताउनुभयो । मुलुक औपचारिकरुपमा उत्पादनमुखी कार्यक्रममा जोडिएपछि विदेश गएकाहरु समेत क्रमशः फर्कने, विदेश जानेक्रम धेरै मात्रामा घट्ने प्रियासनको भइँ छ । महोत्सबको कार्यक्रम संयोजक शरद अधिकारीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा साना तथा घरेलु उद्योग महासंघ दाङका अध्यक्ष लब अधिकारी, पूर्व अध्यक्ष प्रदीप मज्गैया, घोराही नगर प्याव्सनका सचिव विमल भण्डारी, नेपाल पत्रकार महासंघ दाङका पूर्व सचिव आरके शितल, शिक्षा प्रेमी विष्णु हमाललगायतकाले बोल्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

error: Content is protected !!