२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

बर्दियामा प्रहरी र विप्लव समुह बीच भिडन्त उच्च सुरक्षा सतर्कता अपनाउदै सुरक्षा प्रमुखहरु

Logo
प्रकाशित बुधबार, माघ १५, २०७६

(एबिसी संचार ब्युरो)
बर्दिया माघ १५ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा गोली लागेर एकजना प्रहरी जवान घाइते भएका छन् ।
जिल्लाको मधुवन–४ मौवास्थित नहर छेउबाट विप्लका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा आफैँले बोकेको हतियार पड्किएर एकजना प्रहरी जवान घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी योगेन्द्र खड्का अनुसार कुममा गोली लागेर घाइते भएका ती प्रहरी जवानलाई जिल्ला अस्पतालमा उपचारपछि अन्यत्र पठाइएको छ ।
त्यसक्रममा प्रहरीले विप्लव समूहका रोहित सुनार र जयबहादुर ठाडा मगरलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका विप्लवका कार्यकर्ताको साथबाट प्रहरीले दुईवटा मोटरसाइकल, एउटा कटुवा पेस्तोल, तीन राउन्ड गोली, चन्दा ठेली र लेटर प्याड बरामद गरेको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]