१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

बर्दियामा प्रहरी र विप्लव समुह बीच भिडन्त उच्च सुरक्षा सतर्कता अपनाउदै सुरक्षा प्रमुखहरु

Logo
प्रकाशित बुधबार, माघ १५, २०७६

(एबिसी संचार ब्युरो)
बर्दिया माघ १५ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा गोली लागेर एकजना प्रहरी जवान घाइते भएका छन् ।
जिल्लाको मधुवन–४ मौवास्थित नहर छेउबाट विप्लका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा आफैँले बोकेको हतियार पड्किएर एकजना प्रहरी जवान घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी योगेन्द्र खड्का अनुसार कुममा गोली लागेर घाइते भएका ती प्रहरी जवानलाई जिल्ला अस्पतालमा उपचारपछि अन्यत्र पठाइएको छ ।
त्यसक्रममा प्रहरीले विप्लव समूहका रोहित सुनार र जयबहादुर ठाडा मगरलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका विप्लवका कार्यकर्ताको साथबाट प्रहरीले दुईवटा मोटरसाइकल, एउटा कटुवा पेस्तोल, तीन राउन्ड गोली, चन्दा ठेली र लेटर प्याड बरामद गरेको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

error: Content is protected !!