२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

देउखुरी सिसहनियाँसहितका स्थानमा सिसी क्यामरा जडान उवासंघद्वारा गाउँपालिकामा ज्ञापनपत्र,

Logo
बिदुर एमसी प्रकाशित सोमबार, चैत्र ०९, २०८२

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ-देउखुरीकाे राप्ती गाउँपालिका वार्ड नम्बर ५, ६, ७ र ८ मा सिसी क्यामरा जडान तथा मर्मत र प्लाष्टिक न्यूनीकरणका लागि कार्यक्रम अगाडि बढाइएको छ । कपडाबाट निर्मित सपीङ झोला व्यवस्थापन गर्ने माग गर्दै सिसहनियाँ उद्योग बाणिज्य संघ, सिसहनियाँले आइतबार अपरान्ह राप्ती गाउँपालिकालाई ज्ञापन-पत्र बुझाएकाे छ ।

सिसहनियाँ उवासंघका अध्यक्ष इश्वरीप्रसाद अधिकारीकाे नेतृत्वमा बरिष्ठ उपाध्यक्ष मदन पाेख्रेल र उद्योग उपाध्यक्ष भागवत ज्ञवाली सहित गएकाे टाेलीले उक्त माग राख्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टलाई ज्ञापन-पत्र बुझाएकाे छ ।

ज्ञापन पत्रमा खासगरी साविककाे सिसहनियाँ गाविस तथा संघकाे कार्यक्षेत्र पर्ने हालकाे राप्ती गाउँपालिका वार्ड नम्बर ५, ६, ७ र ८ मा पर्ने सिसहनियाँ बजार, पिपरी बजार, मिलन चोक, पत्थरगढवा बजार लगायत अन्य व्यस्त बजार क्षेत्रहरुमा दिनानुदिन बढ्दै गरेका चोरीका घटना, सवारीका दुर्घटनाहरु तथा अन्य घटनाहरुलाई न्यूनीकरण गर्नको लागि त्यहाँ जडान भएका सिसी क्यामरा प्रयोगविहीन भएको अवस्थालाई मध्यनजरमा राखी उक्त क्यामरालाई मर्मत सम्मार गरी तत्काल प्रयोगमा ल्याउन तथा अन्य क्षेत्रमा नयाँ क्यामरा जडान माग गरेकाे छ ।

संघले राप्ती गाउँपालिका क्षेत्रलाई सफा र सुन्दर बनाउने उद्देश्यका साथ किनमेल गर्ने, बजार गर्ने, सामान प्याकिङ गर्दा प्लाष्टिकका झोला बढ्दाे प्रयाेगलाई नियन्त्रण गर्न राप्ती गाउँपालिकालाई ध्यानाकर्षण गराइएको छ ।

संघको ११ औं साधारण सभाले कपडाको पुनः प्रयोग हुने सपिङ झोलालाई प्रयोगमा ल्याउन सबैमा अनुरोध गर्ने निर्णय भए बमाेजिम कपडाको पुनः प्रयोग हुने सपिङ झोला तत्काललाई पाँच हजार थान व्यवस्थापन गरी सहयाेग गर्न पालिकालाई आग्रह समेत गरेकाे छ ।

ज्ञापन-पत्र बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले प्रदेशको राजधानी क्षेत्र अर्थात राप्ती गाउँपालिकाभित्र यसै आर्थिक बर्षमा बिग्रेका सिसी क्यामरा मर्मत गर्ने र आवश्यकताका आधारमा नयाँ सिसी क्यामरा जडान गर्ने लक्ष्य रहेकाे जानकारी गराए । साथै अध्यक्ष बिष्टले प्लास्टिकजन्य झाेला नियन्त्रणका लागि कपडाकाे सपिङ्ग झाेला व्यवस्थापनका लागि स्थानीय सरकारकाे तर्फबाट पहल लिने प्रतिबद्धता जाहेर गरेका छन् । संघले प्लास्टिक झाेला नियन्त्रण गरि कपडाकाे झाेला प्रयाेगमा ल्याउन खाेज्नु नै सबैभन्दा स्वागतयोग्य बिषय भएकाे उल्लेख गर्दै अध्यक्ष बिष्टले उक्त कदमलाई सराहना गरे ।

ज्ञापन-पत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य ओमप्रकाश गुप्ता, संघका प्रेस सल्लाहकार सन्ताेषकुमार गुप्ता, राप्ती गाउँपालिकाका प्रेस संयाेजक तुलबहादुर कँवर, पत्रकारहरू बिदुर एमसी, मुक्तिराम पाैडेल र माेतीराम भट्टराई लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

error: Content is protected !!