१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

माया गर्छु भन्दै बलात्कार गर्यो महिनावारी रोकिएपछि प्रहरीमा मुद्दा

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके माघ १६ सुन्दा पनि अचम्म लाग्ने प्रेममा जातभात हुदैन भनेर भनिन्छ फिल्ममा मात्रै रैछ यस्तै घटना बाँकेको गाभरको जंगलमा घटेयो प्रेममा जबर्जस्ती पनि हुँदैन भन्ने विश्वास थियो । तर ३ महिनाअघि भारतदेखि पुर्ख्यौर्ली घर आउँदा उनका छिमेकी (नवीन रोकायसँग) चिनजान भयो । भेट भएको एक सातामै युवकले प्रेम प्रस्ताव राखे ।
आफू दलित समुदायकी भएकाले विवाह सम्भव नहुने भन्दै प्रेम अस्वीकार गर्दै आइन् । परिवारले नस्वीकारे पनि म अपनाउँछु भन्दै फकाउन थाले । परिचय गाढा भएपछि घुम्न जान दबाब दिए ।
‘खुला चौरमा जाऊँ भन्दा मान्थेन,’ उनले भनिन्, ‘जबर्जस्ती जंगलमा लग्यो ।’ बैजनाथकी १८ वर्षीयाले चार महिनाअघि आफूमाथि बलात्कार भएको बताइन ।
गाभरको जंगलमा लगेर बैजनाथ गाउँपालिका–१ का रोकायले गोप्य अंग चलाउन थाले । ‘छि के गरेको यस्तो नगर्नु, मैले पटक–पटक इन्कार गरें,’ पीडित युवतीले भनिन्, ‘म तिमीलाई प्रेम गर्छु भन्यो ।’
नाइनास्ती गर्दा भुइँमा धकेलेर जबर्जस्ती गरेको उनले सुनाइन् । ‘टाउको भुइँमा बजारियो, शरीरमा काँडाले घोच्दासमेत छोडेन,’ उनले भनिन्, ‘माया गर्छु भन्थ्यो, जबर्जस्ती गर्यो ।’
महिनावारी रोकिएपछि कोहलपुर इलाका प्रहरी कार्यालयमा बिहीबार बलात्कार मुद्दा दर्ता गराएकी हुन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी कुलदीप चन्दले पीडित युबतीले मुद्दा दर्ता गरेको थप प्रमाण र अनुसन्धान गर्न थालिएको बताए । डाक्टरको मेडिकल रिपोर्ट आउन बाँकी छ अभियुक्त फरार छ ।’ बलात्कार खुलासा भएपछि पीडित परिवारलाई मिलापत्रका लागि दबाब आएको पीडित परिवारले बताएका छ्न । यता कोहलपुर प्रहरी प्रमुख डिएसपी चन्दका अनुसार बलात्कार भएको कुरा मेलमिलाप बाट नहुने कानुनी कार्वाही अनुसार बलात्कारी लाई सजाय हुने डिएसपी चन्दले बताए।i

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!