१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

समृद्धिका लागि सञ्चारको बलियो सहभागिता: प्रियासन

Logo
Abc Sanchar प्रकाशित मंगलबार, बैशाख ०१, २०८३

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन नसक्ने बताउनुभयो ।नेपाली सञ्चार क्षेत्रले मुलुकलाई गतिशील बनाउनको लागि सदैव भूमिका निर्वाह गरेको स्मरण गर्दै नेपाललाई सही बाटोबाट अगाडि बढाउन नेपाली सञ्चारले सधैंभरि सहभागिता जनाउने बताउनुभयो । पछिल्लो समय संचारमा डिजिटल प्रविधि भित्रिएको बताउँदै यसलाई बहु उपयोगी बनाउन नेपाल पत्रकार महासंघले प्रभावकारी कार्यक्रमहरू लागु गरेको जानकारी दिनुभयो । सम्पूर्ण संचारकर्मीहरूको एकता नै आजको आवश्यकता भएको बताउँदै पत्रकारितालाई सबै पक्षसँग जोड्नको लागि पत्रकार महासंघ कतिबद्ध भएर अघि बढेको प्रियासनको भनाइ छ । अनलाइनका सञ्चालक कैलाश घर्ती मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, मगर सङ्घ दाङका अध्यक्ष मुक्त बुढा, दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष ईश्वर बुढा लगायतकाले बोल्नुभएको थियो। कार्यक्रमको सहजीकरण सन्तबहादुर रोकाले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पठन संस्कृतिको विकास र पुस्तकालय अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नै कृति उपलब्ध शान्तिनगर । साहित्यकार तथा पत्रकार सबिन प्रियासनले शान्तिनगर सामुदायिक पुस्तकालयका लागि आफूले लेखेका नौ थान पुस्तक सहयोग गर्नुभएको छ। समाजमा पठन संस्कृतिको विकास गर्ने, नयाँ पुस्तालाई साहित्यसँग जोड्ने र पुस्तकालयमार्फत ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको पुस्तकालयलाई प्रियासनले आफ्ना कृति […]

  काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई प्रधान कार्यालय नक्सालमा बोलाएको छ। प्रहरी संगठनको उच्चस्तरीय समन्वय तथा नीतिगत छलफलका लागि आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (PCC) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा […]

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]