१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

दाङ प्रहरीले तुलसीपुरबाट सरकारी छाप किर्ते गरेको आरोपमा ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख ०३, २०८३

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर र वर्ष १९ को राजन बिष्टलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट बा.प्र.०२ ०४६ प ३३३२ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब १ थान, यातायात ब्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर सुर्खेत नेपाल भएको डिजिटल छाप १ थान र रा २ प ३११५ नम्बरको सवारी दर्ता किताब १ थान बरामद समेत गरेको छ ।

यसका साथै प्रहरीले उनीहरुले प्रयोग गरेको बाग्मती प्रदेश ०२-०४५ प १७३० नम्बरको यमाहा कम्पनीको कम्पनीको एउटा मोटरसाईकल पनि बरामद गरेको हो । सरकारी छाप र दस्तखतलाई किर्ते गरी चोरीका मोटरसाइकल बिक्री वितरण गरुरहेको भन्ने सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो । उनीहरु विरुद्ध सरकारी छाप किर्ते मुद्दामा जिल्ला अदालत घोराहीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पठन संस्कृतिको विकास र पुस्तकालय अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नै कृति उपलब्ध शान्तिनगर । साहित्यकार तथा पत्रकार सबिन प्रियासनले शान्तिनगर सामुदायिक पुस्तकालयका लागि आफूले लेखेका नौ थान पुस्तक सहयोग गर्नुभएको छ। समाजमा पठन संस्कृतिको विकास गर्ने, नयाँ पुस्तालाई साहित्यसँग जोड्ने र पुस्तकालयमार्फत ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको पुस्तकालयलाई प्रियासनले आफ्ना कृति […]

  काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई प्रधान कार्यालय नक्सालमा बोलाएको छ। प्रहरी संगठनको उच्चस्तरीय समन्वय तथा नीतिगत छलफलका लागि आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (PCC) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा […]

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]