२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले तुलसीपुरबाट सरकारी छाप किर्ते गरेको आरोपमा ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख ०३, २०८३

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर र वर्ष १९ को राजन बिष्टलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट बा.प्र.०२ ०४६ प ३३३२ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब १ थान, यातायात ब्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर सुर्खेत नेपाल भएको डिजिटल छाप १ थान र रा २ प ३११५ नम्बरको सवारी दर्ता किताब १ थान बरामद समेत गरेको छ ।

यसका साथै प्रहरीले उनीहरुले प्रयोग गरेको बाग्मती प्रदेश ०२-०४५ प १७३० नम्बरको यमाहा कम्पनीको कम्पनीको एउटा मोटरसाईकल पनि बरामद गरेको हो । सरकारी छाप र दस्तखतलाई किर्ते गरी चोरीका मोटरसाइकल बिक्री वितरण गरुरहेको भन्ने सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो । उनीहरु विरुद्ध सरकारी छाप किर्ते मुद्दामा जिल्ला अदालत घोराहीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]