रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीको विशेष सक्रियता तथा इलाका प्रहरी कार्यालय, मर्चवार, रुपन्देही को समन्वयमा मिति २०८३।०१।०५ गते जिल्ला रुपन्देही, सम्मरीमाई गाउँपालिका–३, पिप्रहवा स्थित एक घरबाट अवैध रूपमा भन्सार छली गरी ल्याई लुकाई–छिपाई राखिएको सामान बरामद गरिएको छ।
बरामद सामानमा ११३ पेटी विभिन्न किसिमका टायल्स, हेण्ड पाइप तथा पाइप सकेटहरू रहेका छन्। उक्त सामानको अनुमानित मूल्य रु. ९९,६२०।– रहेको छ।
सामान नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।