२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

मधेश प्रदेश डीआईजी गोविन्द थपलियाको नाममा घुमुवा बीचमा आर्थिक कारोबार अडियो संवाद

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०८, २०८३

जनकपुरघाम । प्रहरी-प्रहरीकै बीचमा आर्थिक विवाद चर्किएको छ । यसक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको नाममा गरिएको आर्थिक कारोबारसँग सम्बन्धित अडियो संवाद प्रहरीस्रोतले नेपाल प्रेसलाई उपलब्ध गराएको छ ।

मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी थपलियाको नाममा व्यापारी राजीव महासेठले आफूसहित अन्य व्यापारीसँग रकम संकलन गरेको र उक्त रकम डीआईजी थपलियाद्वारा तोकिएका प्रहरीलाई दिएको व्यहोरा प्राप्त अडियोमा खुलासा भएको छ ।

लेनदेनको यो विषय सार्वजनिक चर्चामा आएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय, धनुषाको अपराध अनुसन्धान तथा विश्लेषण शाखामा कार्यरत वरिष्ठ सई सागरसमशेर राणालाई उक्त लेनदेनमा दोषी करार गर्ने प्रयास भयो । राणाले आफूलाई लाञ्छना लगाउने डीआईजीको प्रयासबाट जोगिन व्यापारी महासेठलाई फोन गरेको अडियो संवादमा झल्किन्छ ।

वरिष्ठ सई राणालाई उनको मोबाइलमा सम्पर्क गर्दा स्वीच अफ थियो । यो विवादका कारण जनकपुरघाममै रहेको प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीबीच तिक्तता उत्पन्न भएको छ । नेपाल प्रेसले धनुषा प्रहरी प्रमुख रुगमबहादुर कुवरलाई सम्पर्क गर्न खोज्दा उनी पनि सम्पर्कमा आएनन् ।

प्रहरीस्रोतका अनुसार सई जयलाल यादव र वरिष्ठ सई गोपाल थापा मगर आर्थिक संकलनकार्यमा सक्रिय थिए । त्यसमध्ये वरिष्ठ सई मगरलाई प्रहरी उच्च नेतृत्वकै परिवारले पठाएको चर्चा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किने भएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पुनः गृहमन्त्री नियुक्त गर्न लागेका हुन्। गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्ने गरी सम्पूर्ण तयारी […]

error: Content is protected !!