२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके जिल्लाका प्रहरी प्रमुख एसपी अंगुर जिसी कार्यसम्पादनतर्फ देशभरकै प्रहरीमध्ये सर्वोत्कृष्ट,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०९, २०८३

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले अपराध नियन्त्रण, निर्वाचन सुरक्षा र न्याय सम्पादनमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले उनलाई पुरस्कृत गरेको हो ।

२०५४/१२/१६ असईबाट प्रहरी सेवामा प्रवेश गरेका उनी २०६१/२/१५ मा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर भएका हुन् ।

प्रहरी सेवामा कार्यक्षेत्रको जिम्मेवारी सफलताका साथ बहन गर्नेमा जिसी कहलिएका अधिकृत मानिन्छन् ।

जिसी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा रहँदा कञ्चनपुरकी निर्मला पन्तको बलत्कार पछि हत्या प्रकरणको समेत अनुसन्धान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]