२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सुकुम्बासीहरुको कडा चेतावनी ज्यान जाला तर बस्ती छोर्दैनौ व्यवस्थापन बिना हटाउने प्रयास स्वीकार्य नहुने

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख ११, २०८३

काठमाडौं । उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने सरकारी तयारीपछि सुकुम्बासीहरू विरोधमा उत्रिएका छन्। प्रहरीले शुक्रबार साँझसम्म बस्ती खाली गर्न माइकिङ गरे पनि उनीहरूले कुनै हालतमा नछाड्ने अडान लिएका छन्।

सरकारले शनिबार वा आइतबार डोजर चलाउने तयारी गरेको भन्दै सुकुम्बासी पक्षले आकस्मिक बैठक गरी बल प्रयोग भए प्रतिकार गर्ने निर्णय गरेको छ। उनीहरूले वर्षौंदेखि बस्दै आएको ठाउँको कानुनी स्वामित्व अर्थात् लालपुर्जा दिनुपर्ने माग गरेका छन्।

सुकुम्बासी नेताहरूका अनुसार उपत्यकाका विभिन्न खोला किनारमा करिब ६ हजार परिवार बसोबास गर्दै आएका छन्। उनीहरूले उचित व्यवस्थापनबिना हटाउने प्रयास स्वीकार्य नहुने बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]