१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ वटा चिकित्सकको लाइसेन्स खारेज,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख ११, २०८३

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिए ।

उनले नेपाली नागरिकता त्यागी विदेश राहदानी लिएका ती चिकित्सकको लाइसेन्स खारेज गरिएको बताए । उनले ती चिकित्सकको दर्ता किताबबाट नाम हटाइएको बताए । “नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १७ जना चिकित्सकको काउन्सिलको दर्ता किताबबाट नाम दर्ता खारेज गर्ने निर्णय गरिएको छ”, उनले भने ।
उनका अनुसार यसरी लाइसेन्स खारेजीमा पर्ने चिकित्सकहरूमा डा शर्मिला गुरुङ, डा रोशन भुसाल, डा मोती गुरुङ, डा देवराज रेग्मी, डा मेरिना गुरुङ, डा नीरञ्जनदेव पाण्डे, डा रोजन केसी, डा ममता गुरुङ, डा राजीव हमाल, डा सलुजा सिंह थारुलगायत रहेका छन् ।

यस्तै डा. सुजना केसी, डा जोस्ना शाही, डा मनिषा हमाल, डा सुप्रिया शाक्य, डा इच्छा न्यौपाने, डा दीपेन ढकाल र डा तुसार सरवजना छन् । ती लाइसेन्स खारेज गरिएका चिकित्सक व्रिटिश, अमेरिकी, पोर्चुगाली, क्यानडियन, भारतीय, अस्ट्रेलियन, हङकङलगायत देशको नागरिता लिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पठन संस्कृतिको विकास र पुस्तकालय अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नै कृति उपलब्ध शान्तिनगर । साहित्यकार तथा पत्रकार सबिन प्रियासनले शान्तिनगर सामुदायिक पुस्तकालयका लागि आफूले लेखेका नौ थान पुस्तक सहयोग गर्नुभएको छ। समाजमा पठन संस्कृतिको विकास गर्ने, नयाँ पुस्तालाई साहित्यसँग जोड्ने र पुस्तकालयमार्फत ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको पुस्तकालयलाई प्रियासनले आफ्ना कृति […]

  काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई प्रधान कार्यालय नक्सालमा बोलाएको छ। प्रहरी संगठनको उच्चस्तरीय समन्वय तथा नीतिगत छलफलका लागि आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (PCC) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा […]

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]