२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ वटा चिकित्सकको लाइसेन्स खारेज,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख ११, २०८३

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिए ।

उनले नेपाली नागरिकता त्यागी विदेश राहदानी लिएका ती चिकित्सकको लाइसेन्स खारेज गरिएको बताए । उनले ती चिकित्सकको दर्ता किताबबाट नाम हटाइएको बताए । “नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १७ जना चिकित्सकको काउन्सिलको दर्ता किताबबाट नाम दर्ता खारेज गर्ने निर्णय गरिएको छ”, उनले भने ।
उनका अनुसार यसरी लाइसेन्स खारेजीमा पर्ने चिकित्सकहरूमा डा शर्मिला गुरुङ, डा रोशन भुसाल, डा मोती गुरुङ, डा देवराज रेग्मी, डा मेरिना गुरुङ, डा नीरञ्जनदेव पाण्डे, डा रोजन केसी, डा ममता गुरुङ, डा राजीव हमाल, डा सलुजा सिंह थारुलगायत रहेका छन् ।

यस्तै डा. सुजना केसी, डा जोस्ना शाही, डा मनिषा हमाल, डा सुप्रिया शाक्य, डा इच्छा न्यौपाने, डा दीपेन ढकाल र डा तुसार सरवजना छन् । ती लाइसेन्स खारेज गरिएका चिकित्सक व्रिटिश, अमेरिकी, पोर्चुगाली, क्यानडियन, भारतीय, अस्ट्रेलियन, हङकङलगायत देशको नागरिता लिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]