१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

घोराहीको पिपल बोटमुनि प्रियासनले बटुवाहरुलाई खाना खुवाउँदै मनाए जन्मदिन

Logo
ABC-Sanchar प्रकाशित शनिबार, बैशाख १२, २०८३

दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव, घोराही बनाउँ अभियानका संयोजक एवं जय महाकाल सेवा समाजका सल्लाहकार सबिन प्रियासनले आफ्नो जन्मदिन घोराही ट्राफिक चोकको पिपल बोटमुनि बटुवा एवं असायहरूलाई खाना खुवाउँदै मनाएका छन् । शुक्रबार साँझ सेवा समाजमा आबद्ध पदाधिकारी, सदस्य एवं निःशुल्क खाना खुवाउने कार्यक्रममा दिनरात खटिएका भोलेन्टियरहरूले प्रियासनलाई खादा माला लगाएर सम्मान समेत गरेका थिए ।

 

सो अवसरमा प्रियासनले बटुवा एवं असायहरूलाई खाना बाँड्दै महाकालद्वारा साँझ बिहान नै पिपल बोटमुनि निःशुल्क खाना खुवाउने कार्यक्रम भइरहेको जान्कारी दिदै आफ्नो जन्मदिन पनि खाना खुवाउँदै सबैको साथमा मनाउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । अन्य सबैलाई आफ्नो स्पेसल दिनलाई सामाजिक कार्यसँग जोड्न मन भए पिपल बोटमुनि आएर जन्मदिन मनाउनेदेखि दिनदुखीहरुलाई खाना खुवाउन सकिने प्रियासनको भनाइ छ। सो अवसरमा जय महाकाल सेवा समाज घोराहीका अध्यक्ष श्रीधर गिरीले प्रियासनलाई सामाजिक काममा सक्रिय भएर लाग्न र दाङलाई अझै राम्रो बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव, घोराही बनाउँ अभियानका संयोजक एवं जय महाकाल सेवा समाजका सल्लाहकार सबिन प्रियासनले आफ्नो जन्मदिन घोराही ट्राफिक चोकको पिपल बोटमुनि बटुवा एवं असायहरूलाई खाना खुवाउँदै मनाएका छन् । शुक्रबार साँझ सेवा समाजमा आबद्ध पदाधिकारी, सदस्य एवं निःशुल्क खाना खुवाउने कार्यक्रममा दिनरात खटिएका भोलेन्टियरहरूले प्रियासनलाई खादा माला लगाएर सम्मान समेत […]

काठमाडौँ । थापाथलीमा घर टहरा भत्काउन सुरु भएको छ । बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । उनीहरु सामान बोकेर बस्तीबाट हिँडेका थिए । अहिले बिहान पुगेको डोजरले बस्तीका घरटहरा हटाउन थालेको छ । स्थिति शान्तिपूर्ण छ ।

बाँके । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट मूल्य रु. १५ लाख ९६ हजार ६९७ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा खसीको छाला, […]

error: Content is protected !!