१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

सशस्त्र प्रहरीका ६ जना एसएसपी डीआईजीमा ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख १२, २०८३

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो।

गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो सुदूरपश्चिममा कार्यरत छन्। यस्तै उनीबाहेक नेत्र कार्की, राजेश उप्रेती, माधव पौडेल, किरण बस्नेत र प्रविन कँडेल डीआईजीमा बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम ज्येष्ठताका आधारमा ६ जना वरिष्ठ उपरीक्षकहरूलाई डीआईजी पदमा बढुवा गर्न सिफारिस गरिएको हो।त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका ७ जना प्रहरी उपरीक्षक (एसपी)को पनि एसएसपीमा बढुवा सिफारिस गरिएको छ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम ज्येष्ठताका आधारमा ७ जना एसपीलाई एसएसपी पदमा बढुवा नियुक्ति गर्न सिफारिस गरिएको समितिका सदस्य सचिव एआईजी नारायणदत्त पौडेलले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । बढुवाका लागि सिफारिस हुनेहरूमा क्रमशः दीपक कुमार थापा, सुधिर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्गत दाहाल, सुभाष भण्डारी र प्रदिपसिंह कार्की रहेका छन्।उक्त बढुवा सिफारिसप्रति चित्त नबुझ्ने एसपी तथा एसएसपीहरूले नियमावलीको नियम ५५ मा भएको व्यवस्था अनुसार ७ (सात) दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष आफ्नो उजुरी दिन सक्ने समेत सूचनामा उल्लेख गरिएको छ।यसअघि चैत १ गते सरकारले सशस्त्र प्रहरी बलमा ४ डीआइजीको पदावधि थप गरेको थियो । थप हुनेमा प्रशासनतर्फका २ तथा प्राविधिकतर्फका २ थिए । प्रशासनतर्फका प्रदीप पाल र लक्ष्मणबहादुर सिंह तथा प्राविधिकतर्फ रुपक महर्जन र सन्दीप थापाको पदावधि थप भएको थियो।

प्रशासनतर्फका पाल र सिंह कार्यक्षमतामा कमजोर अधिकृत हुन्। उनीहरु नेपाल प्रहरीको प्राविधिक सईबाट भर्ना भई डीआइजीसम्म भए।विगतमा राम्रो काम नगर्दा कारबाहीमा परेका थिए। त्यसकारण उनीहरुको पदावधि थप नगर्न दबाब थियो। तर, चलखेल गरेर उनीहरुले पदावधि थप गरेका छन्। यससँगै सशस्त्र प्रहरीको पहिलो ब्याचलाई धक्का लागेको छ। सो ब्याचका सुरेश कुमार श्रेष्ठ, अञ्जनी कुमार पोखरेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापालाई एआइजी हुन गाह्रो हुने देखिएको छ।

सशस्त्रमा अब बैशाखमा एआइजीको एक पद रिक्त हुनेछ। सिनियर भएकाले पाल र सिंह मध्ये एकको नै त्यसमा बढुवा हुने सम्भावना रहन्छ।यद्यपी नयाँ सरकारले कार्यक्षमताका आधारमा बढुवा गरेमा मात्र सशस्त्रका पहिलो ब्याचका अधिकारी पर्न सक्ने सम्भावना छ। बढुवा नगरेको खण्डमा पहिलो ब्याचका अधिकारीहरु डीआइजीबाटै अवकाश हुने जोखिम छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत सङ्कलन गरिरहेका छन्। हालसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन्। सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको केसीले बताइन्। […]

error: Content is protected !!