२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपालगन्जका छाडा पशु चौपायाहरुलाई कान्जी हाउसमा व्यवस्थापन गर्दै, नगर प्रहरी

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख १२, २०८३

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ ।

नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार संकलन गरिएका पशुचौपायामध्ये गाई, बाच्छाबाछी, साँढे र गोरु गरी ३३ वटा रहेका छन् भने घोडा, घोडी र बछेरा ८ वटा रहेका छन् । आज कुल ४३ पशुचौपायालाई नियन्त्रणमा लिएर व्यवस्थित गरिएको हो ।

उपमहानगरपालिकाले सडक सुरक्षासँगै दुर्घटना न्यूनीकरण र सहरी व्यवस्थापनलाई ध्यानमा राख्दै छाडा पशुचौपाया नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ । साथै, पशुधनीलाई आफ्ना पशु खुला रुपमा नछोड्न समेत आग्रह गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।