२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नागेश्वर मन्दिरमा नेपालकै ठूलो नागको प्रतिमा बनाइने मसिना क्षेत्र धार्मिक एवं प्राकृतिक रुपमा पर्यटकीय गन्तव्य बन्न सक्ने,

Logo
Abc Sanchar प्रकाशित आइतबार, बैशाख १३, २०८३

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनास्थित नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाइने भएको छ । नागेश्वर महादेव पार्वती मन्दिरको एघारौँ साधारणसभा एवं चौथो अधिवेशनले नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाउनको लागि विशेष अभियान चलाउने निर्णय गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरूले धार्मिक र प्राकृतिक रुपमा मसिना एवं नागेश्वर मन्दिर क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताएका थिए । वक्ताहरुले धार्मिक रूपमा पनि यो क्षेत्र तपभूमि रहेको, प्राकृतिक रूपले पनि सुन्दर भएको, कृषि, वन, फलफुलमा पनि सम्भावना भएको मसिनादेखि स्वर्गद्वारी जानका लागि केवल ३३ किलोमिटर दूरी रहेकाले हरेक कुराले मसिना क्षेत्र पर्यटकीय हब बन्न सक्ने वक्ताहरूको धारणा थियो। कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिका १८ का अध्यक्ष भरतमणि अर्यालले मसिना क्षेत्रको विकासका लागि आफूले पर्याप्त बजेट विनियोजन गर्ने बताउनुभयो । विशिष्ट अतिथि घोराही बनाउ अभियानका संयोजक सविन प्रियजनले धार्मिक एवं प्राकृतिक रुपमा मसिना क्षेत्रलाई दाङकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनुभयो । सो अवसरमा कलाकार कमल गाउँले, दीपज्योति टोलका अध्यक्ष यज्ञराज खत्री, रजेना टोल विकास संस्थाका अध्यक्ष कमल गौतम, गाउँ सुरक्षा समितिका अध्यक्ष पूर्णबहादुर मल्ल लगायतकाले बोल्नुभएको थियो । समितिका अध्यक्ष झगलाल कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव कमल बिकले आर्थिक प्रतिवेदन र सदस्य प्रेम कुँवरले सबैलाई स्वागत गर्नुभएको थियो । नागेश्वर मन्दिरमा नेपालकै एकमात्र दलित महिला पुजारी माता पार्वती बिक मूल पुजारी हुनुहुन्छ भने लिला थापा सहायक पुजारी हुनुहुन्छ । यसैबीच समितिको बन्दसत्रले झगलाल कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा विक्रम सुनार, सचिव टंक ज्ञवाली, सहसचिव कमल बिक, कोषाध्यक्ष प्रेम कुँवर, सहकोषाध्यक्ष लिला थापा, सदस्यहरुमा लालमणि कुँवर, भोला रायमाझी, तेजबहादुर कुँवर, अमला खड्का बसन्त कुँवर, रिख बहादुर बस्नेत, बमबहादुर नेपाली रहनुभएको छ। समितिको सल्लाहकारमा मदन न्यौपाने, सविन प्रियसन, डिलाराम भुसाल, कमल गौतम, प्रदिप सुवेदी, मेघराज अर्याल, पूर्णबहादुर मल्ल बालिका खड्का र टिकाराम कुँवर रहनुभएको छ । नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई मन्दिरको मूल पुजारी पार्वती विकले टिका लगाएर सम्मान गर्नुभएको थियो भने सबैलाई सपथ ग्रहण १८ का वडा अध्यक्ष भरतमणि अर्यालले गराउनु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।