१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

नागेश्वर मन्दिरमा नेपालकै ठूलो नागको प्रतिमा बनाइने मसिना क्षेत्र धार्मिक एवं प्राकृतिक रुपमा पर्यटकीय गन्तव्य बन्न सक्ने,

Logo
Abc Sanchar प्रकाशित आइतबार, बैशाख १३, २०८३

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनास्थित नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाइने भएको छ । नागेश्वर महादेव पार्वती मन्दिरको एघारौँ साधारणसभा एवं चौथो अधिवेशनले नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाउनको लागि विशेष अभियान चलाउने निर्णय गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरूले धार्मिक र प्राकृतिक रुपमा मसिना एवं नागेश्वर मन्दिर क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताएका थिए । वक्ताहरुले धार्मिक रूपमा पनि यो क्षेत्र तपभूमि रहेको, प्राकृतिक रूपले पनि सुन्दर भएको, कृषि, वन, फलफुलमा पनि सम्भावना भएको मसिनादेखि स्वर्गद्वारी जानका लागि केवल ३३ किलोमिटर दूरी रहेकाले हरेक कुराले मसिना क्षेत्र पर्यटकीय हब बन्न सक्ने वक्ताहरूको धारणा थियो। कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिका १८ का अध्यक्ष भरतमणि अर्यालले मसिना क्षेत्रको विकासका लागि आफूले पर्याप्त बजेट विनियोजन गर्ने बताउनुभयो । विशिष्ट अतिथि घोराही बनाउ अभियानका संयोजक सविन प्रियजनले धार्मिक एवं प्राकृतिक रुपमा मसिना क्षेत्रलाई दाङकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनुभयो । सो अवसरमा कलाकार कमल गाउँले, दीपज्योति टोलका अध्यक्ष यज्ञराज खत्री, रजेना टोल विकास संस्थाका अध्यक्ष कमल गौतम, गाउँ सुरक्षा समितिका अध्यक्ष पूर्णबहादुर मल्ल लगायतकाले बोल्नुभएको थियो । समितिका अध्यक्ष झगलाल कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव कमल बिकले आर्थिक प्रतिवेदन र सदस्य प्रेम कुँवरले सबैलाई स्वागत गर्नुभएको थियो । नागेश्वर मन्दिरमा नेपालकै एकमात्र दलित महिला पुजारी माता पार्वती बिक मूल पुजारी हुनुहुन्छ भने लिला थापा सहायक पुजारी हुनुहुन्छ । यसैबीच समितिको बन्दसत्रले झगलाल कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा विक्रम सुनार, सचिव टंक ज्ञवाली, सहसचिव कमल बिक, कोषाध्यक्ष प्रेम कुँवर, सहकोषाध्यक्ष लिला थापा, सदस्यहरुमा लालमणि कुँवर, भोला रायमाझी, तेजबहादुर कुँवर, अमला खड्का बसन्त कुँवर, रिख बहादुर बस्नेत, बमबहादुर नेपाली रहनुभएको छ। समितिको सल्लाहकारमा मदन न्यौपाने, सविन प्रियसन, डिलाराम भुसाल, कमल गौतम, प्रदिप सुवेदी, मेघराज अर्याल, पूर्णबहादुर मल्ल बालिका खड्का र टिकाराम कुँवर रहनुभएको छ । नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई मन्दिरको मूल पुजारी पार्वती विकले टिका लगाएर सम्मान गर्नुभएको थियो भने सबैलाई सपथ ग्रहण १८ का वडा अध्यक्ष भरतमणि अर्यालले गराउनु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पठन संस्कृतिको विकास र पुस्तकालय अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नै कृति उपलब्ध शान्तिनगर । साहित्यकार तथा पत्रकार सबिन प्रियासनले शान्तिनगर सामुदायिक पुस्तकालयका लागि आफूले लेखेका नौ थान पुस्तक सहयोग गर्नुभएको छ। समाजमा पठन संस्कृतिको विकास गर्ने, नयाँ पुस्तालाई साहित्यसँग जोड्ने र पुस्तकालयमार्फत ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको पुस्तकालयलाई प्रियासनले आफ्ना कृति […]

  काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई प्रधान कार्यालय नक्सालमा बोलाएको छ। प्रहरी संगठनको उच्चस्तरीय समन्वय तथा नीतिगत छलफलका लागि आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (PCC) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा […]

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]