१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

सोमबार केही जिल्लाहरुमा बर्षा हुने,

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख १४, २०८३

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार यस्तो छ वर्षाको सम्भावना:

दिउँसो: कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागलगायत सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना पनि छ।

राति: देशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने पहाडी र तराई भेगमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागलगायत कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले बताएका छन्।

‘आज पनि काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छ’, उनले नेपालखबरसँग भने, ‘तर हिजोको भन्दा कम हुन्छ, अपराह्नतिर हल्का वर्षा हुने सम्भावना छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

error: Content is protected !!