२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मान्छे किन बिरामी पर्छ ? यी हुन् मुख्य ८ कारणहरु

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, बैशाख १५, २०८३

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन ।

मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । एकाध कोही अपवाद हुनसक्छन् । बिरामी भएका मान्छेलाई ठिक बनाउन र मान्छेलाई बिरामी हुनै नदिनका लागि संसारमा ठूलो धनराशी खर्च भइरहेको छ । करोडौंको संख्यामा जनशक्तिहरू त्यसमा खटिएका छन् ।

मान्छेलाई बिरामी बनाउने मुख्य कारकहरू के-के हुन त ?

संसारमा मान्छेलाई बिरामी बनाउने हजारौँ कारण हुन सक्छन् । धेरैलाई देखिने समस्याको अनुपातका आधारमा हेर्दा मान्छेलाई बिरामी बनाउने केही मुख्य कारक छन् ।

१.वंशाणुगत/जन्मजात कारण

कतिपय मान्छे जन्मदेखि नै रोग लिएर आएको हुन्छ । बुबाआमाको वंशाणुगत समस्याहरू बच्चामा सर्दा यसले जन्मजात रोग निम्त्याइरहेको हुन्छ । क्यान्सर, मधुमेह वा मुटुरोग भएका आमाबुबाबाट जन्मिएका व्यक्तिमा त्यसको जोखिम बढी हुन्छ ।

कतिपयको जन्मदेखि नै रोगसँग लड्ने क्षमता कमजाेर हुन्छ । रोगसँग लड्ने क्षमता हाम्रो सेता रक्तकोषमा हुन्छ । कुनै-कुनै मान्छेमा जन्मिएदेखि नै सेता रक्तकोषले राम्रोसँग काम नगर्ने हुनसक्छ । कसैकसैको शरीरले रोगसँग लड्ने एन्टिबडी राम्रोसँग उत्पादन गर्न नसक्ने हुन्छ ।

कसैकसैको जन्मिँदै मुटुमा प्वाल परेका हुन्छ । मुटुको कुनै भाग राम्रोसँग विकास नभएको अवस्थामा पनि मान्छेको जन्म हुन्छ । यस्तोमा उनीहरूलाई विभिन्न रोग लाग्ने जोखिम हुन्छ ।

२.हानिकारक सूक्ष्म जीवाणु

केही सूक्ष्म जीवहरू हाम्रो शरीरमा प्रवेश गरी त्यसले बिरामी बनाइरहेको हुन्छ । मान्छेलाई बिरामी बनाउनमा सूक्ष्म जीवहरूको सबैभन्दा धेरै भूमिका हुन्छ ।

मान्छेलाई बिरामी बनाउने सूक्ष्म जीवलाई ४ प्रकारमा विभाजन गरिएको छ, भाइसर, ब्याक्टेरिया, प्रोटोजोआ र फंगी । यी ४ प्रकारका सूक्ष्म जीवाणुले मान्छेलाई बिरामी पारिरहेको हुन्छ ।

भाइरस : भाइरसले लाग्ने रोग अनेकौँ छन् । जस्तो- एन्फ्लुएन्जा, फ्लू, हेपाटाइटिस, जन्डिस, एचआईभी जस्तै थुप्रै रोग भाइरसले गराउँछ । पछिल्लो पटक कोभिड भाइरसले त्यति ठूलो महामारी नै ल्यायो । कतिपय झाडापखाला पनि भाइरसकै कारण हुन्छ ।

ब्याक्टेरिया : अब ब्याक्टेरियाको कुरा गर्दा धेरैलाई हुने समस्या भनेको निमोनिया, टाइफाइड, मेनेन्जाइटिस हो । ब्याक्टेरियाले झाडापखाला पनि गराउँछ ।

प्रोटोजोआ : प्रोटोजोआले सबैभन्दा धेरै गराउने स्वास्थ्य समस्या भनेको पेटमा हो । यसले झाडापखाला गराउँछ । यौन रोग पनि गराउँछ । ट्रिकोमोनास भन्ने जीवाणुले यौनरोग निम्त्याउछ  । यो प्रोटोजोआ समूहमा पर्छ ।

फंगी : फंगीबाट देखिन मुख्य समस्या भनेको दाद हो । रोगसँग लड्ने क्षमता राम्रो भएका व्यक्तिमा यसले खासै असर गर्दैन । गम्भीर बिरामी र रोगसँग लड्ने शक्ति नभएका व्यक्तिलाई भने  यसले बिरामी बनाउन सक्छ ।

३.रोग प्रतिरोधात्मक क्षमतामा कमी

रोग प्रतिरोधी क्षमताको कुरा गर्दा हाम्रो शरीरमा हुने सेता रक्तकोषको बारेमा बुझ्नु जरुरी हुन्छ । शरीरको रोगप्रतिरोधी क्षमता बन्नमा यसको विशेष भूमिका हुन्छ । यदि हाम्रो शरीरमा सोता रक्तकोष कम भएमा र यसले रोगसँग लड्न एन्टिबडी बनाउन नसकेमा मान्छेलाई धेरै रोग लाग्न सक्छ।

समान्यतया सेता रक्तकोष कम भएमा बाहिरबाट शरीरमा राख्न मिल्छ । एन्टिबडी पनि राख्न मिल्छ । वंशाणुगत रुपमै सेता रक्तकोष कम भएमा बाहिरबाट शरीरमा राख्दा पनि उपचार नै नहुने खालका समस्या पनि हुन्छन् ।

सेता रक्तकोषको एउटा काम भनेको आफैँले गएर शरीरमा प्रवेश गरेका हानिकारक सूक्ष्म जीवाणुहरूलाई मार्छ । अर्को ती जीवाणुविरुद्ध लड्न एन्टीबडी पनि उत्पादन गर्छ । हाम्रो शरीरमा रहेका लिम्फ नोड्स ग्रन्थीहरूले पनि रोगसँग लड्न भूमिका खेलेका हुन्छन् ।

सेता रक्तकोषको प्रभाव र एन्टिबडी उत्पादन क्षमता सबैमा एकै नहुन सक्छ । यस कारण कमजोर रोगप्रतिरोधी क्षमता पनि मान्छेलाई बिरामी बनाइरहने एक मुख्य कारण हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]