२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मानव अधिकार सचेतना क्रियाकलाप गर्न ९ कार्ययोजना

Logo
प्रकाशित सोमबार, माघ २०, २०७६

भावना हमाल दैलेख माघ १९
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको इएलपी परियोजना अन्र्तरगत गठित मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सवाल विषयमा ९ वटा मानव अधिकार सचेतना क्रियाकलाप गर्ने कार्ययोजना बनाएको छ ।
दैलेखमा भएको समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठकले कार्ययोजना तयार गरिएको हो । समुदायका स्थानीय समस्याहरु सूचीकरण गरी ती समस्या समाधानका लागि २०७६ फागुनदेखि २०७७ जेठसम्म ती क्रियाकलाप गर्ने कार्ययोजना तयार पारिएको इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले जानकारी दिए ।
नारायण नगरक्षेत्रमा बालश्रम बाध्यता र अभिभावकको बेरोजगारी समस्याले बालबालिकाहरुले बिचैमा पढाई छोड्ने गरेको, गुणस्तरीय स्वास्थ्य सेवाको अभाव, विपन्न कृषकले कृषि प्रविधि र मलबिउमा अनुदान पाउन नसकेको लगायतका सवालहरु समाधान गर्न कार्ययोजना तयार भएको परियोजनाका जिल्ला सहजकर्ता सीता बुढाले बताइन् ।
इएलपी कार्यक्रमलाई सघाउन गठित नारायण नगर स्तरीय मानव अधिकार समूहका संयोजक रेखा थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले मानव अधिकार प्रवद्र्धनका काममा सघाउन नगरपालिका तयार रहेको बताए ।
नगरप्रमुख खड्काले नगर सरकार पिछडिएको जातजाति र समुदायको अभिभावकको नाताले हितमा काम गरिरहेको बताउदै कर्तव्य निर्वाह नगर्नेहरुलाई कडा कारवाही गर्ने चेतावनी दिए । बालबालिकालाई शिक्षा नदिने र बृद्धबृद्धालाई पालनपोषण नगर्नेहरुलाई कारवाही गर्ने नीति लिएको उनले जानकारी गराए ।
मानव अधिकार समूहको कार्ययोजना निर्माण कार्यक्रममा समूहका पदाधिकारीहरु, बाल अधिकार चेतना समूहका बालबालिका, सामाजिक सेवा केन्द्र (सोसेक)का महिला तथा बालबालिका सेवा केन्द्रका संयोजक रमा श्रेष्ठ, नारायण नगरपालिका–७ का वडाध्यक्ष पूर्णबहादुर मल्ल, कार्यपालिका सदस्य मनकुमारी सुनार, वडा नंं. ४ का वडा सदस्य खगिसरा सुनार, पत्रकारद्वय बिशाल सुनार र कृष्ण अधिकारीको पनि उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]