२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

मानव अधिकार सचेतना क्रियाकलाप गर्न ९ कार्ययोजना

Logo
प्रकाशित सोमबार, माघ २०, २०७६

भावना हमाल दैलेख माघ १९
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको इएलपी परियोजना अन्र्तरगत गठित मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सवाल विषयमा ९ वटा मानव अधिकार सचेतना क्रियाकलाप गर्ने कार्ययोजना बनाएको छ ।
दैलेखमा भएको समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठकले कार्ययोजना तयार गरिएको हो । समुदायका स्थानीय समस्याहरु सूचीकरण गरी ती समस्या समाधानका लागि २०७६ फागुनदेखि २०७७ जेठसम्म ती क्रियाकलाप गर्ने कार्ययोजना तयार पारिएको इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले जानकारी दिए ।
नारायण नगरक्षेत्रमा बालश्रम बाध्यता र अभिभावकको बेरोजगारी समस्याले बालबालिकाहरुले बिचैमा पढाई छोड्ने गरेको, गुणस्तरीय स्वास्थ्य सेवाको अभाव, विपन्न कृषकले कृषि प्रविधि र मलबिउमा अनुदान पाउन नसकेको लगायतका सवालहरु समाधान गर्न कार्ययोजना तयार भएको परियोजनाका जिल्ला सहजकर्ता सीता बुढाले बताइन् ।
इएलपी कार्यक्रमलाई सघाउन गठित नारायण नगर स्तरीय मानव अधिकार समूहका संयोजक रेखा थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले मानव अधिकार प्रवद्र्धनका काममा सघाउन नगरपालिका तयार रहेको बताए ।
नगरप्रमुख खड्काले नगर सरकार पिछडिएको जातजाति र समुदायको अभिभावकको नाताले हितमा काम गरिरहेको बताउदै कर्तव्य निर्वाह नगर्नेहरुलाई कडा कारवाही गर्ने चेतावनी दिए । बालबालिकालाई शिक्षा नदिने र बृद्धबृद्धालाई पालनपोषण नगर्नेहरुलाई कारवाही गर्ने नीति लिएको उनले जानकारी गराए ।
मानव अधिकार समूहको कार्ययोजना निर्माण कार्यक्रममा समूहका पदाधिकारीहरु, बाल अधिकार चेतना समूहका बालबालिका, सामाजिक सेवा केन्द्र (सोसेक)का महिला तथा बालबालिका सेवा केन्द्रका संयोजक रमा श्रेष्ठ, नारायण नगरपालिका–७ का वडाध्यक्ष पूर्णबहादुर मल्ल, कार्यपालिका सदस्य मनकुमारी सुनार, वडा नंं. ४ का वडा सदस्य खगिसरा सुनार, पत्रकारद्वय बिशाल सुनार र कृष्ण अधिकारीको पनि उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]