०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

दैलेखमा कोरोना भाइरस बारे सचेतना

Logo
प्रकाशित सोमबार, माघ २०, २०७६

भावना हमाल दैलेख माघ १९
जिल्ला प्रहरी कार्यालय दैलेखले कोरोना भाइरस संक्रमणको सम्भावना र सजगता बारे सचेतना कार्यक्रम गरेको छ ।
सदरमुकामको त्रिभुवन मावि दैलेखमा विद्यार्थीहरुका लाग गरिएको सचेतना कार्यक्रममा दैलेख जिल्ला अस्पतालका डाक्टर जगत थापाले सहजीकरण गरेका थिए ।
डा. थापाले छिमेकी देश चीनमा कोरोना भाइरस फैलिएको कारण रोकथामकोे लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन सुझाव दिए ।
सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिबहादुर ओली, स्वास्थ्य कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मी र त्रिभुवन मावि दैलेखका प्रधानाध्यापक निरक तारामीले कोरोना भाइरस लक्षण र रोकथामका उपाय बारे बोलेका थिए ।
हालसम्म कोरोना भाइरस फैलिएको चार हप्तामा चीनको हुवान प्रान्तमा २ सय ७० जनाको मृत्युु भइसकेको छ, नेपालमा २ जनामा संक्रमण भेटिएको बताइएको छ ।
कोरोना भाइरसबाट बच्न भ्याक्सिन पत्ता नलागेको कारण यसबाट बच्न नेपाल सरकारले सचेतना अभियान चलाउने नीति लिए अनुसार जिल्ला प्रहरी कार्यालयले स्वास्थ्य कार्यालय संगको समन्वयमा यो कार्यक्रम गरिएको प्रहरी निरीक्षक नैनबहादुर सावदले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!