११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

बिदाको दिनमा बिलविहीन सामान बोकेको सरकारी गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ २२, २०८३

वीरगञ्ज । रौतहट जिल्ला प्रशासन कार्यालयबाट बविता जैसवालको नाममा जारी गरिएको सार्वजनिक चिन्हको सवारी पास प्रयोग गर्दै प्रदेश २–०२–००१ झ ००५९ नम्बरको सरकारी गाडी वीरगञ्ज महानगरपालिका–१५, सिद्धार्थ टोल क्षेत्रमा फेला परेपछि पर्सा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
उक्त गाडीमा प्रिन्टरलगायतका कार्यालय सामग्री बोकेको अवस्थामा फेला परेको थियो। प्रारम्भिक सोधपुछका क्रममा गाडीमा रहेका चालक (गुरुजी)सँग ती सामानको बिल वा खरिदसम्बन्धी कागजात नभएको बताइएको छ। साथै, पर्यटन बिकास कार्यालय गौरका प्रमुख बविता जैसवालले गाडी मर्मतका लागि आएको जानकारी दिएकोछ।

सवारी पासको प्रयोग, सामान ओसारपसारको वैधता, आवश्यक कागजात तथा ट्राफिक नियम पालना भए/नभएको विषयमा थप अनुसन्धानका लागि गाडीलाई पर्सा ट्राफिक प्रहरी कार्यालयमा लगिएको छ। ट्राफिक प्रहरीले अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]