२२ आषाढ २०८३, सोमबार
06-07-2026 , Mon
×

बिदाको दिनमा बिलविहीन सामान बोकेको सरकारी गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ २२, २०८३

वीरगञ्ज । रौतहट जिल्ला प्रशासन कार्यालयबाट बविता जैसवालको नाममा जारी गरिएको सार्वजनिक चिन्हको सवारी पास प्रयोग गर्दै प्रदेश २–०२–००१ झ ००५९ नम्बरको सरकारी गाडी वीरगञ्ज महानगरपालिका–१५, सिद्धार्थ टोल क्षेत्रमा फेला परेपछि पर्सा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
उक्त गाडीमा प्रिन्टरलगायतका कार्यालय सामग्री बोकेको अवस्थामा फेला परेको थियो। प्रारम्भिक सोधपुछका क्रममा गाडीमा रहेका चालक (गुरुजी)सँग ती सामानको बिल वा खरिदसम्बन्धी कागजात नभएको बताइएको छ। साथै, पर्यटन बिकास कार्यालय गौरका प्रमुख बविता जैसवालले गाडी मर्मतका लागि आएको जानकारी दिएकोछ।

सवारी पासको प्रयोग, सामान ओसारपसारको वैधता, आवश्यक कागजात तथा ट्राफिक नियम पालना भए/नभएको विषयमा थप अनुसन्धानका लागि गाडीलाई पर्सा ट्राफिक प्रहरी कार्यालयमा लगिएको छ। ट्राफिक प्रहरीले अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङ कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि श्री भुपेन्द्र बहादुर खत्रीद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल,रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी निशान थापाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको आन्तरिक तथा बाह्य तर्फको निरीक्षण ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा कार्यालय मातहत पोष्टहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई […]

वीरगञ्ज । रौतहट जिल्ला प्रशासन कार्यालयबाट बविता जैसवालको नाममा जारी गरिएको सार्वजनिक चिन्हको सवारी पास प्रयोग गर्दै प्रदेश २–०२–००१ झ ००५९ नम्बरको सरकारी गाडी वीरगञ्ज महानगरपालिका–१५, सिद्धार्थ टोल क्षेत्रमा फेला परेपछि पर्सा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त गाडीमा प्रिन्टरलगायतका कार्यालय सामग्री बोकेको अवस्थामा फेला परेको थियो। प्रारम्भिक सोधपुछका क्रममा गाडीमा रहेका चालक (गुरुजी)सँग ती […]

नेपाल कृषिप्रधान देश हो। यहाँको ठूलो जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छ। तर कृषि उत्पादनलाई व्यवसायमा रूपान्तरण गर्न नसक्दा किसानले आफ्नो श्रमअनुसारको प्रतिफल पाउन सकेका छैनन्। यिनै बालीमध्ये टमाटर अत्यन्त सम्भावनायुक्त तरकारी हो। दैनिक उपभोग हुने भएकाले यसको बजार वर्षभरि नै रहन्छ। यदि टमाटरलाई केवल काँचो तरकारीका रूपमा बेच्ने सोचबाट माथि उठेर उत्पादन, […]

error: Content is protected !!