२४ आषाढ २०८३, बुधबार
08-07-2026 , Wed
×

चर्को गर्मीमा विद्युत् आपूर्ति तत्काल सुधार गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको कडा निर्देशन,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ २३, २०८३

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पश्चिम नेपालका बाँके, बर्दिया, रोल्पा, दाङ, प्युठानलगायत जिल्लाको विद्युत् आपूर्ति, वितरण र देखिएका समस्याबारे जानकारी लिनुका साथै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालयमा पुगेर विद्युत् आपूर्ति तथा वितरणको अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै अन्तरक्रिया गरेका हुन् ।

डिभिजन कार्यालय प्रमुख, प्रदेश कार्यालय प्रमुख तथा नेपालगञ्ज वितरण केन्द्र प्रमुखबाट जानकारी लिएपछि उनले यस क्षेत्रमा धेरै पुराना संरचनामार्फत विद्युत् वितरण भइरहेका कारण विद्युत् आपूर्तिमा पटक–पटक समस्या दोहोरिने गरेको पाइएको बताउँदै आगामी आर्थिक वर्षमै वितरण प्रणालीको स्तरोन्नति तथा सुदृढीकरणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री श्रेष्ठले वितरण प्रणालीमा लामो समयदेखि अपेक्षित स्तरोन्नति हुन नसक्दा संरचनागत तथा प्राविधिक समस्या बढ्दै गएको उल्लेख गर्दै सातौँ विद्युतीकरण आयोजनाअन्तर्गत सन् १९९० पछि वितरण सञ्जालमा उल्लेखनीय सुधार हुन नसकेको बताए ।

उनले भने, ‘विद्युत् माग वार्षिकरूपमा करिब १५ प्रतिशतका दरले बढिरहेकाले पुरानो संरचनाबाट बढ्दो लोड व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। कोहलपुर राष्ट्रिय ग्रिड तथा टनकपुर आपूर्तिको अन्तिम बिन्दुमा रहेको वितरण प्रणाली, स्विचिङ प्रणालीका चुनौती, नजिकै उत्पादन केन्द्रको अभावका कारण देखिने न्यून भोल्टेज तथा निर्माणाधीन न्यू नेपालगञ्ज सबस्टेशन समयमै सञ्चालनमा आउन नसक्दा विद्युत् आपूर्तिको गुणस्तरमा प्रत्यक्ष असर परेको रहेछ।’

फिडर ओभरलोड, पटक–पटक हुने ट्रिपिङ तथा पुराना वितरण संरचनाका कारण उपभोक्ताले अपेक्षा गरेअनुसारको सेवा दिन नसकिएको उनले बताए ।

अन्तरक्रिया तथा छलफलका क्रममा मन्त्री श्रेष्ठले आगामी गर्मीयामअघि निर्माणाधीन न्यू नेपालगन्ज सबस्टेशन सञ्चालनमा ल्याउन आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिँदै नेपालगञ्जमा आवश्यक क्षमताका थप ट्रान्सफर्मर उपलब्ध गराइने जानकारी दिए ।

उनले वितरण सञ्जालको क्षमता अभिवृद्धि, पुराना लाइन तथा कन्डक्टरको स्तरोन्नति, आवश्यक स्थानमा नयाँ फिडर विस्तार तथा लोड व्यवस्थापनका कार्यलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख मनोज यादव, लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख दीपक गौतम तथा नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले विद्युत् आपूर्ति र वितरणको वर्तमान अवस्था तथा देखिएका समस्याबारे मन्त्रीलाई जानकारी गराएका थिए ।

सोही कार्यक्रममा स्थानीयवासीले पनि विद्युत् वितरणमा देखिएका समस्याबारे मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल कृषि प्रधान देश भए पनि दैनिक उपभोगका धेरै कृषि उपजमा अझै आयातमा निर्भर छ। तीमध्ये खुर्सानी पनि एक प्रमुख बाली हो। नेपाली भान्सामा खुर्सानीको प्रयोग दैनिक रूपमा हुन्छ। तर, मागअनुसार स्वदेशी उत्पादन हुन नसक्दा हरेक वर्ष विदेशबाट ठूलो परिमाणमा खुर्सानी आयात गर्नुपरेको छ। भन्सार विभागका सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले […]

दाङ । सरुवा भएर आउनुभएका सिनियर प्रहरी अधिकृतलाई स्वागत कार्यालयमा नयाँ सरुवा भई आउनुभएका सिनियर प्रहरी अधिकृतहरूलाई *लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.डिआईजी भूपेन्द्र बहादुर खत्रीद्वारा लुम्बिनी प्रदेशमा स्वागत गर्नुभएको छ। नयाँ टिमले प्रदेशको शान्ति-सुरक्षामा थप ऊर्जा थप्ने अपेक्षा गरिएको छ। साथै बढुवा भएका प्रहरी नायव निरीक्षकहरूको दर्ज्यानी चिन्ह सुशोभन प्रहरी सहायक निरीक्षक* पदबाट *प्रहरी नायव […]

बाँके । नेपालगन्ज पछिल्लो समय जिल्ला प्रहरी कार्यलय बाँकेमा एसपी अंगुर जिसीको कामप्रति उत्साह देखाएको नागरिकहरुले विश्वास र भरोसा झल्काउँछ । कडाइ र निगरानी नेपालगञ्जका सीमा नाका, हुलाकी राजमार्ग र भित्री रुटमा चेकजाँच कडा पारिएको छ तस्करको सञ्जालमा धक्का चिनी,कपडा, लागुऔषध र भन्सार छलीका विभिन्न लगायतका सामानहरु ओसारपसारमा बाँके प्रहरीले नियमित रूपमा कारबाही गरिरहेको छ […]

error: Content is protected !!