११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

कैलाली सुख्खडका डिएसपी प्रसन्नराज चौधरीले प्रधानमन्त्री बालेनको हामी प्रहरी होइन,भने पछी

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ २४, २०८३

कैलाली । इलाका प्रहरी कार्यालय सुख्खड कैलालीका प्रमुख डीएसपी प्रसन्नराज चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति, दल वा सरकारको नभई संविधान र कानुनको शासनअनुसार सञ्चालन हुने संस्था भएको बताएका छन् ।

एक सार्वजनिक कार्यक्रममा बोल्दै डीएसपी चौधरीले प्रहरी संगठनको मूल दायित्व अन्यायमा परेकालाई न्याय दिलाउने र कानुनको निष्पक्ष कार्यान्वयन गर्ने रहेको उल्लेख गर्दै आफूहरू कुनै राजनीतिक नेतृत्वको प्रहरी नभएको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘हामी बालेनको पुलिस पनि होइन, नेपाल प्रहरी हौँ। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाल प्रहरी हो । केपी ओलीलाई पनि थुन्ने यही नेपाल प्रहरी हो। मन परे ताली बजाउनुहोला।’

डीएसपी चौधरीले प्रहरी सेवामा आफू राजनीतिक पहुँच वा कुनै सिफारिसका आधारमा नभई प्रतिस्पर्धात्मक लोकसेवा परीक्षामार्फत प्रवेश गरेको पनि बताए।

उनले भने, ‘म भोट हालेर वा टीका लगाएर आएको होइन। यो बर्दी राष्ट्रपतिले पनि लगाउन पाउनुहुन्न । म लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट १०२ जनामध्ये छनोट भएर आएको हुँ । हामी मेरिटका आधारमा छानिएका प्रहरी हौँ, दारु–भात खाएर आएका होइनौँ।’

उनी विभिन्न अभिव्यक्ति र हर्कतका कारण बेला बेला चर्चामा आउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]