११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

सांसद खुस्बु ओलीले सत्तापक्षका सांसदहरू कि प्रधानमन्त्रीको पक्षमा बोल्नुहोस्, होइन भने सच्याउन आग्रह,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, आषाढ २५, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति सत्तारुढ दलका सांसदहरूलाई कि समर्थन गर्न कि त सच्याउन माग गर्न आग्रह गरेकी छन्।

‘नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिको प्रतिपक्षी दलहरूले संसदमा विरोध गरिरहेका छन्। सत्तारुढ दलका सांसदहरूले यस विषयमा कुनै विषय पनि नबोलेपछि कि समर्थन गर्न कि विरोध गर्न ओलीले आग्रह गरेकी हुन्।

बिहीबारको संसद बेठकमा बोल्दै उनले भनिन्– ‘म सत्ता पक्षका माननीय सदस्य ज्यूहरूलाई पनि आग्रह पूर्वक सोध्न चाहन्छु, के प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तपाईँहरूलाई राष्ट्रिय हित अनुकूल लाग्दछ? यदि मान्नुहुन्छ भने यही सदनमा उभिएर त्यसको पक्षमा बोल्नुहोस्। यदि मान्नुहुन्न भने प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्नुहोस्।’

उनले प्रधानमन्त्री शाहले सीमा सम्बन्धि अभिव्यक्ति संसदमा नभइ पार्टीको चितवन महाधिवेशनबाट सच्याएको भन्दै आपत्ति जनाइन्। ओलीले सार्वभौम संसद पार्टीको मञ्च भन्दा सानो संस्था भएको हो? भन्दै प्रश्न पनि गरिन्।

‘प्रधानमन्त्री ज्यूले संसदलाई होइन आफ्नै दलको चितवन महाधिवेशनलाई रोज्नुभयो। म सोध्न चाहन्छु, के अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो? के सार्वभौम संसद पार्टीको मञ्च भन्दा सानो संस्था भएको हो? संविधानले प्रधानमन्त्रीलाई कार्यपालिका प्रमुख बनाएको छ र कार्यपालिका संसदप्रति उत्तरदायी रहनु पर्छ। यदि संसदको सट्टा पार्टी मञ्चबाट जवाफ दिने अभ्यास स्थापित भयो भने संसद र यो लोकतन्त्रको औचित्य के रहन्छ सभामुख महोदय?’, उनको प्रश्न छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]