२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

मोटोपन भएका महिलाहरू प्रायः आफ्नो शारीरिक बनावटप्रति हीनताबोध गर्छन्,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, साउन ०४, २०८३

काठमाडौं । जसले आत्मविश्वास कम गर्ने पनेरू बताउँछिन् । ‘यो अवस्थाले डिप्रेसन, चिन्ता र तनाव जस्ता मानसिक स्वास्थ्य समस्याहरूलाई बढावा दिन्छ’ पनेरू भन्छिन्, ‘सामाजिक भेदभाव वा आलोचनाले यो तनावलाई झन् बढाउँछ ।’

तनावलाई सामना गर्नका लागि महिलाहरूले उच्च क्यालोरीयुक्त खाना खाने वा व्यायाम नगर्ने गर्दा यसले मोटोपन र तनावको चक्रलाई थप बढाउने अनुसन्धानहरूले देखाएको उनको भनाइ छ ।

यसबाहेक, महिलाहरूमा मोटोपनले मानसिक स्वास्थ्य समस्याहरू जस्तै डिप्रेसनको जोखिम बढाउँछ, जसमा लिङ्गमा आधारित तनाव प्रतिक्रिया प्रमुख हुन्छ, र यो पुरुषहरूमा कम देखिन्छ ।’

मोटोपनले महिलामाथि पर्ने मानसिक दबाब केवल शरीरको कारणले मात्र होइन, समाजले महिलाको शरीरलाई हेर्ने दृष्टिकोण, टिप्पणी र अपेक्षाहरूका कारण भएको उनले बताइन्।

पनेरूका अनुसार महिलामा मोटोपनको समस्या देखिने र शारीरिक बनावटमा परिवर्तन हुने मुख्य तीन वटा कारण हुन्छ । पहिलो महिनावारीको समयमा शरीरमा परिवर्तन हुन्छ । त्यसपछि दोस्रो गर्भ अवस्थामा र तेस्रो रजनोवितृको समयमा । यो तीन वटा अवस्थामा महिलाको शरीरमा परिवर्तन हुन्छ । विशेष गरी गर्भावस्था र सुत्केरीपछि ६ महिना पछाडि तौल कम गर्नुपर्छ भन्ने खालको मानसिकताको विकास भएको छ ।

मोटोपन भएका महिलाहरू प्रायः आफ्नो शारीरिक बनावटप्रति हीनताबोध गर्छन्, जसले आत्मविश्वास कम गर्ने पनेरू बताउँछिन् । ‘यो अवस्थाले डिप्रेसन, चिन्ता र तनाव जस्ता मानसिक स्वास्थ्य समस्याहरूलाई बढावा दिन्छ’ पनेरू भन्छिन्, ‘सामाजिक भेदभाव वा आलोचनाले यो तनावलाई झन् बढाउँछ ।’

तनावलाई सामना गर्नका लागि महिलाहरूले उच्च क्यालोरीयुक्त खाना खाने वा व्यायाम नगर्ने गर्दा यसले मोटोपन र तनावको चक्रलाई थप बढाउने अनुसन्धानहरूले देखाएको उनको भनाइ छ ।

यसबाहेक, महिलाहरूमा मोटोपनले मानसिक स्वास्थ्य समस्याहरू जस्तै डिप्रेसनको जोखिम बढाउँछ, जसमा लिङ्गमा आधारित तनाव प्रतिक्रिया प्रमुख हुन्छ, र यो पुरुषहरूमा कम देखिन्छ ।’

मोटोपनले महिलामाथि पर्ने मानसिक दबाब केवल शरीरको कारणले मात्र होइन, समाजले महिलाको शरीरलाई हेर्ने दृष्टिकोण, टिप्पणी र अपेक्षाहरूका कारण भएको उनले बताइन्।

पनेरूका अनुसार महिलामा मोटोपनको समस्या देखिने र शारीरिक बनावटमा परिवर्तन हुने मुख्य तीन वटा कारण हुन्छ । पहिलो महिनावारीको समयमा शरीरमा परिवर्तन हुन्छ । त्यसपछि दोस्रो गर्भ अवस्थामा र तेस्रो रजनोवितृको समयमा । यो तीन वटा अवस्थामा महिलाको शरीरमा परिवर्तन हुन्छ । विशेष गरी गर्भावस्था र सुत्केरीपछि ६ महिना पछाडि तौल कम गर्नुपर्छ भन्ने खालको मानसिकताको विकास भएको छ ।

‘यदि कसैको बच्चा जन्मिसक्यो त्यस पछाडि छ महिना एक वर्षसम्म पनि तौल नियन्त्रण भएन भने तौल घटाउन पर्छ भन्ने दबाब दिन थालिन्छ’ पनेरू भन्छिन्, ‘बच्चा जन्मेको धेरै समय भइसक्यो तैपनि मोटी नै छौ त भन्ने प्रश्न गरिन्छ ।’

लैङ्गिक असमानता र भेदभाव

मोटोपन भएका महिलाहरूलाई कार्यस्थल, सामाजिक समारोह वा व्यक्तिगत सम्बन्धमा भेदभावको सामना गर्नुपर्ने सम्भावना बढी हुन्छ । यो भेदभावले आत्मविश्वासमा कमी ल्याउँछ र तनावको स्तर बढाउँछ । मोटोपन भएका महिलाहरूले पुरुषहरूको तुलनामा बढी तनावपूर्ण घटनाहरू अनुभव गर्छन्, जसमा सामाजिक भेदभाव र कार्यस्थलमा असमानता प्रमुख छन् ।

यसको उदाहरण दिँदै मनेविद् पनेरु भन्छिन्- मध्यम मोटोपन भएका महिलाहरूले सामान्य तौल भएका महिलाहरूको तुलनामा बढी असमानताहरू सामना गर्छन्, जबकि पुरुषहरूमा यो प्रभाव कम हुन्छ ।

यसले लैङ्गिक असमानताको कारणले महिलाहरूमा तनावको स्तरलाई थप बढाउँछ । समाजमा महिलाहरूलाई सुन्दरताको आधारमा मूल्याङ्कन गर्ने प्रवृत्तिले यो भेदभावलाई बढावा दिन्छ, जसले महिलाहरूलाई निरन्तर तनावमा राख्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]