११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

सिरहाको लहान बजारमा पनि प्रदर्शन र तनाव उत्पन्न स्थिति नियन्त्रणमा लिन प्रहरीको हवाई फायर,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन १४, २०८३

सिराहा । नसरीको देवानगञ्ज (कप्तानगञ्ज) मा भएको दुःखद घटनालाई लिएर सिरहाको लहान बजार क्षेत्रमा पनि प्रदर्शन र तनाव उत्पन्न भएको छ ।

बिहीबार दिउँसो आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडपको स्थिति सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार प्रदर्शनकारीले हिंसात्मक रूप लिन खोजेपछि सुरक्षाको दृष्टिकोणले स्थिति नियन्त्रण बाहिर नजाओस् भनी हवाई फायर गर्नुपरेको हो । घटनालगत्तै लहान बजार क्षेत्रको शान्ति–सुरक्षा चुस्त बनाउन व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ ।

लहानको अवस्था थप बिग्रन नदिन स्थानीय प्रशासनले बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गर्ने अन्तिम तयारी गरिरहेको छ । यसअघि नै सिरहाकै गोलबजार क्षेत्रमा बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु लागू भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]