१५ साउन २०८३, शुक्रबार
31-07-2026 , Fri
×

सिरहाको लहान बजारमा पनि प्रदर्शन र तनाव उत्पन्न स्थिति नियन्त्रणमा लिन प्रहरीको हवाई फायर,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन १४, २०८३

सिराहा । नसरीको देवानगञ्ज (कप्तानगञ्ज) मा भएको दुःखद घटनालाई लिएर सिरहाको लहान बजार क्षेत्रमा पनि प्रदर्शन र तनाव उत्पन्न भएको छ ।

बिहीबार दिउँसो आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडपको स्थिति सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार प्रदर्शनकारीले हिंसात्मक रूप लिन खोजेपछि सुरक्षाको दृष्टिकोणले स्थिति नियन्त्रण बाहिर नजाओस् भनी हवाई फायर गर्नुपरेको हो । घटनालगत्तै लहान बजार क्षेत्रको शान्ति–सुरक्षा चुस्त बनाउन व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ ।

लहानको अवस्था थप बिग्रन नदिन स्थानीय प्रशासनले बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गर्ने अन्तिम तयारी गरिरहेको छ । यसअघि नै सिरहाकै गोलबजार क्षेत्रमा बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु लागू भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । कप्तानगञ्जमा भएको घटनाको प्रभाव सर्लाहीमा पनि देखिएको छ। सर्लाहीमा दुई समूहबीच झडप हुँदा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ। आगलागीबाट सबै मोटरसाइकल पूर्ण रूपमा नष्ट भएका छन्। गोलबजार नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ। घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको भए पनि सडकमा प्रदर्शन भने जारी रहेको जनाइएको […]

सिरहा । बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ । यसैबीच सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल जलाइएको हो । प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

सिरहा । दुई पक्षबीच झडप हुँदा सिरहा तुलसीपुरका गणेश यादवको मृत्यु भएको स्थानीयले पुष्टि गरे । सिराहामा अहिले कर्फ्यु आदेश भए पनि प्रदर्शन रोकिएको छैन । अहिले गोलबजारस्थित मुख्य बजारमा  गणेशको शव राखेर प्रदर्शन भइरहेको छ।

error: Content is protected !!