२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कपिलवस्तु र अर्घाखाँचीको सिमानाका शिव भाइरल पहाड लुम्बिनीको नयाँ पर्यटकीय हब बन्दै,

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन २४, २०८३

अर्घाखाँची र कपिलवस्तुको सिमानामा पर्ने शिव भाइरल पहाड अहिले सामाजिक सञ्जालकै कारण चर्चामा आएर आन्तरिक पर्यटनको नयाँ गन्तव्य बनेको छ।

पहाडको टुप्पोमा शिव मन्दिर र वरिपरि खुला फराकिलो दृश्य। घाम उदाएको र अस्ताएको समयको भ्यु एकदमै राम्रो टिकटक, रिल्स र फेसबुकमा यहाँका भिडियो भाइरल भएपछि युवा पुस्ता तानिएका हुन् ।

अर्घाखाँचीको सन्धिखर्क र कपिलवस्तुको कृष्णनगर दुवै तर्फबाट पुग्न मिल्ने भएकाले दुई जिल्लाका मानिसका लागि वीकेण्ड डेस्टिनेसन बनेको छ ।

शिव मन्दिर पहाडको टुप्पोमा प्राकृतिक शिवलिङ्ग भएको विश्वास प्यानोरामिक भ्यु फेवा ताल जस्तै तराई र पहाड दुवैको दृश्य एकै ठाउँबाट देखिन्छ
फोटो पोइन्ट: बादल, हरियो डाँडा र घुम्ती बाटोले गर्दा फोटो खिच्नका लागि बेस्ट लोकेशन पनि छ ।

अर्घाखाँची साइडबाट सन्धिखर्क हुँदै र कपिलवस्तु साइडबाट कृष्णनगर-तौलिहवा हुँदै पुग्न सकिन्छ। अहिले बाटो ग्रामीण सडक भएकाले बाइक र जिप बढी प्रयोग हुन्छ।

भाइरल भएपछि भीड बढेको छ। तर पूर्वाधार अझै कम छ। पानी, खाजा आफैले लैजानुपर्ने। स्थानीयले सानो ठेला पसल सुरु गरेका छन्। फोहोर नगर्ने र मन्दिरको मर्यादा राख्ने कुरामा सचेत हुनुपर्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हप्तौँ अघि कुपन काटेर पर्खँदा र घण्टौँ लाइन बस्दा पनि ग्यास नपाएका उपभोक्ताले ग्यासको समान वितरण नभएको गुनासो गरेपछि प्रशासनले अनुगमन थालेको हो। सहायक प्रमुख जिल्ला अधिकारी संयोजकत्वको जिल्ला अनुगमन टोलीले सदरमुकाम गाईघाट, बोक्से, मोतिगडा, देउरी, जलजले, राजाबास र चुहाडेक्षेत्रका सबै डिलरमा अनुगमन थालेको हो। शनिबार बिहानदेखि अनुगमन थालेको टोलीले दिउँसोसम्म लगाएर डिलर […]

अर्घाखाँची र कपिलवस्तुको सिमानामा पर्ने शिव भाइरल पहाड अहिले सामाजिक सञ्जालकै कारण चर्चामा आएर आन्तरिक पर्यटनको नयाँ गन्तव्य बनेको छ। पहाडको टुप्पोमा शिव मन्दिर र वरिपरि खुला फराकिलो दृश्य। घाम उदाएको र अस्ताएको समयको भ्यु एकदमै राम्रो टिकटक, रिल्स र फेसबुकमा यहाँका भिडियो भाइरल भएपछि युवा पुस्ता तानिएका हुन् । अर्घाखाँचीको सन्धिखर्क र कपिलवस्तुको कृष्णनगर […]

दाङ । घोराही नेवार सेवा समिति घोराहीले नेवार समुदायको मौलिक कला, संस्कृति, भाषा तथा परम्पराको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले एक महिने नेवारी बाजा एवं नृत्य प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। शनिबार आयोजित एक समारोहबीच प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको हो। नेवार सेवा समिति घोराहीका अध्यक्ष बिमलमान श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वरिष्ठ संगीतकर्मी डा. गोविन्द […]