२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

गृहमन्त्रीले न्याय दिन नसकेको भन्दै विरोध जनाएका जेन्जी घाइते युवा प्रहरी नियन्त्रणमा

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र २३, २०८३

काठमाडौं । जेन्जी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रमका दौरान होहल्ला गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । परिचय नखुलेका उनी जेन्जी आन्दोलनका घाइते हुन् ।

नयाँ बानेश्वर संसद भवन अगाडि आयोजित कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ र अन्य केही उपस्थित छन् । कार्यक्रममा दौरान एक जेन्जी शहिदकी आमाले आफूहरूले न्याय नपाएको भन्दै आक्रोश पोखेकी थिइन् । केही भोलेन्टियरहरू आएर उनलाई चुप लाग्न भनेका थिए ।

त्यसपछि ती युवकले महिलालाई साथ दिँदै उनले बोल्न पाउनुपर्ने बताए । युवकले पनि गृहमन्त्रीको आलोचना गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई भ्यानमा राखेर लगिएको थियो । ती युवकले आफू जेन्जी आन्दोलनको घाइते भएको गोली लागेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]