२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

गृहमन्त्रीले न्याय दिन नसकेको भन्दै विरोध जनाएका जेन्जी घाइते युवा प्रहरी नियन्त्रणमा

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र २३, २०८३

काठमाडौं । जेन्जी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रमका दौरान होहल्ला गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । परिचय नखुलेका उनी जेन्जी आन्दोलनका घाइते हुन् ।

नयाँ बानेश्वर संसद भवन अगाडि आयोजित कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ र अन्य केही उपस्थित छन् । कार्यक्रममा दौरान एक जेन्जी शहिदकी आमाले आफूहरूले न्याय नपाएको भन्दै आक्रोश पोखेकी थिइन् । केही भोलेन्टियरहरू आएर उनलाई चुप लाग्न भनेका थिए ।

त्यसपछि ती युवकले महिलालाई साथ दिँदै उनले बोल्न पाउनुपर्ने बताए । युवकले पनि गृहमन्त्रीको आलोचना गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई भ्यानमा राखेर लगिएको थियो । ती युवकले आफू जेन्जी आन्दोलनको घाइते भएको गोली लागेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन्। घटना राज्यको सागर जिल्लाको बाँदा क्षेत्रमा भएको हो। सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृतक तथा बिरामीहरू आसपासका विभिन्न गाउँका बासिन्दा हुन्। उनीहरूमा बान्ता […]

काठमाडौं । जेन्जी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रमका दौरान होहल्ला गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । परिचय नखुलेका उनी जेन्जी आन्दोलनका घाइते हुन् । नयाँ बानेश्वर संसद भवन अगाडि आयोजित कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ र अन्य केही उपस्थित छन् । कार्यक्रममा दौरान एक जेन्जी शहिदकी आमाले आफूहरूले न्याय नपाएको भन्दै आक्रोश पोखेकी […]

दाङ । सेवा खोला नयाँ बसपार्क टोल विकास संस्था र खानेपानी उपभोक्ता समितिले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको ६५ हजार ७७५ रुपैयाँ सहयोग रकम विशेष कार्यक्रमका बीच सार्वजनिक गरेको छ। कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरिएको हो। टोल विकास संस्था खानेपानी उपभोक्ता […]