२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

युवाहरुलाई स्वदेशमै रोजगारको श्रृजना सरकारले गर्नुपर्ने नायिका रेखा थापा दाङमा

Logo
प्रकाशित शनिबार, फाल्गुण ०३, २०७६

(सागर थापा)
दाङ फाल्गुन ३ मिडिया नेपाल दाङ शाखाको आयोजनामा शनिबार चर्चित नायिका रेखा थापा संग साक्षात्कार कार्यक्रम गरिएको छ
चर्चित नायिका तथा निर्देशक रेखा थापाले कार्यक्रममा बोल्दै अहिलेको सरकारले अझै पनि आम जनस्थरमा खुशी ल्याउन नसकेको आरोप लगाएकी छिन । थापाले आफु बिकट गाउ बस्तीहरुमा पुगेको र त्यहाँका समस्या जस का तस रहेको बताएकी छिन ।
बैदेशीक रोजगारबाट युवा बर्गले पठाएको रेमिटान्सले देश चलाउनु परेको अवस्थाको खण्डन गदै थापाले युवाहरुलाई स्वदेशमै रोजगारको श्रृजना गरी आफनै देश भित्र केही गर्न सक्ने वातावरण समेत सरकारले नगरेको आरोप लगाएकी छिन ।
थापाले हालै बिवादमा परेको एमसिसिका बिषयमा एमसिसि पास गर्न नहुने समेत तर्क ब्यक्त गरेकी छिन । क्राउन रेष्टुरेन्ट तुलसीपुरमा आयोजना गरिएको शाक्षात्कार कार्यक्रममा मिडिया नेपाल दाङका शाखा अध्यक्ष तेज वलीको अध्क्षयता गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी आशिष के.शीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!