२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पत्रकारलाई पेन्सनको व्यवस्था गर्न मिडिया नेपालको माग

Logo
प्रकाशित आइतबार, फाल्गुण ०४, २०७६

तेज वली
पोखरा । निरन्तर २५ बर्ष पत्रकारिता क्षेत्रमा खटिरहेका श्रमजीवि पत्रकाहरुलाई पेन्सनको व्यवस्था गर्न मिडियो नेपालले माग गरेको छ ।
मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले श्रमजीवि पत्रकारहरुको लगनशिलतालाई कदर गर्दै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।
मंहगी आकासीरहेको वर्तमान अवस्थामा श्रमजीवि पत्रकारहरुको लागि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकलाई व्यवहारमा तत्काल लागु गरि समयमा उपलब्ध गराउन सो बैठकले सञ्चार गृहहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश नं ५ को तर्फबाट उपाध्यक्षमा श्रीधर सुबेदी, कर्णाली प्रदेशको तर्फबाट उपाध्यक्षमा अंगत देवकोटा, सचिवमा कृष्ण खनाल, कोषाध्यक्षमा राधिका जोशी, काठमाडौं उपत्यका संयोजकमा दिपेश राजथारु तथा केन्द्रीय सदस्यहरुमा रञ्जीत प्रसाई (झापा), विजय राउत (सुनसरी), सविता पोखरेल (गोरखा) लाई मनोनयन गरेको छ । साथै मिडिया नेपालको स्थापना दिवस आगामी चैत महिनामा प्रदेश नं ५ को नेपालगञ्जमा मनाउने तथा सो अवसरमै ५ नं प्रदेश समिति गठन एवं घोषणा सभा गर्ने र सो को लागि आवश्यक तयारी गर्न उपाध्यक्ष श्रीधर सुबेदीलाई, कर्णाली प्रदेश समिति गठन तथा घोषणा सभाको तयारी गर्न उपाध्यक्ष अंगत देवकोटालाई जिम्मेवारी दिने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
गण्डकी प्रदेशको प्रदेश कार्यसमिति २०७६ फागुन ५ गते गठन गर्ने र गठन हुन बाँकी रहेका प्रदेशमा यथासक्य चाँडो प्रदेश कार्यसमिति गठन गर्ने निर्णय केन्द्रीय कार्यसमितिको बैठकले गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]