दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसप!दिपक श्रेष्ठको उपस्थितिमा प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.ले पत्रकार भेटघाट कार्यक्रम मार्फत जिल्ला प्रहरी कार्यालय दाङले असोज महिनामा गरेका कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण तथा समुदाय-प्रहरी साझेदारी कार्यक्रम लगायतका विषयमा भएका उपलब्धिहरू बारे जानकारी गराइएको थियो।
साथै पत्रकारहरुको तर्फबाट राखिएका जिज्ञासा तथा सुझावहरूको समेत सम्बोधन गरिएको थियो ।