१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

नेपाल प्रहरी नेतृत्वमा एकता संगठनलाई बलियो बनाउने सहमति

Logo
प्रकाशित बुधबार, फाल्गुण ०७, २०७६

सागर थापा (क्राईमरिपोर्टर) काठमाडौं फागुन ७ नेपाल प्रहरीमा सधै गुटबन्दी आक्रान्त यसपटक फर दृश्य देखिएको छ । उच्च प्रहरी अधिकारीले मिलेर अघि बढ्ने घोषणा गरेका छन् ।
महानिरीक्षक बढुवामा हुने प्रतिस्पर्धाका कारण प्रहरी नेतृत्वमा सधैँ बेमेल हुनेमा यसपटक भने फरक अवस्था देखिएको हो । प्रतिस्पर्धीहरूले समेत एकजुट भएर अघि बढ्ने र प्रहरीलाई बलियो बनाउने प्रण गरेका छन् ।
ठाकुर ज्ञवालीसँगै उनका ब्याची तारिणी लम्साल र सूर्यप्रसाद उपाध्यायसमेत आइजिपी बढुवाको प्रतिस्पर्धामा थिए । ज्ञवाली आइजिपी भएपछि बधाई दिँदै उनीहरूले आफूहरूको पूर्ण सहयोग रहने बताएका छन् । ‘महानिरीक्षक बढुवामा मेरो समर्थन छ, महानिरीक्षकलाई पूर्ण सहयोग हुनेछ,’ डिआइजी लम्सालले भने, ‘व्यक्तिगत स्वार्थभन्दा पनि प्रहरी संगठनलाई बलियो बनाउन हामी एकजुट हुनेछौँ ।’ आफ्ना ब्याचमा ज्ञवाली पहिलो नम्बरमा थिए । मंगलबारको मन्त्रिपरिषद्को बैठकले उनलाई आइजिपीमा बढुवा गरेको थियो । बढुवा पछि लम्सालले घरमै गएर ज्ञवालीलाई बधाई दिएका थिए । मुख्यालयमा स्वागत कार्यक्रममा पनि उनी ज्ञवाली सँगसँगै थिए ।
उता गृहमन्त्री रामबहादुर थापाले आफ्ना सहयोगीलाई साथ लिएर अघि बढ्न प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई सुझाब दिएका छन् । बुधबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा थापाले कार्यकाल छोटो भए पनि धेरै गर्न सकिने भन्दै आफ्नो पूर्ण साथ रहने बताए । यसैबीच, ज्ञवालीले संगठनमा भातृत्वको भावना बढाएर अघि बढ्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहका बीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनमा उनले संगठनले लिएको लक्ष्यप्रति विमुख नभई अगाडि बढ्नुपर्ने बताए । प्रहरी नेतृत्वमा एकता भएमा राजनीतिक हस्तक्षेप कम हुने र प्रहरी बलियो हुँदै जाने प्रहरी अधिकारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!