२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

नेपाल प्रहरी नेतृत्वमा एकता संगठनलाई बलियो बनाउने सहमति

Logo
प्रकाशित बुधबार, फाल्गुण ०७, २०७६

सागर थापा (क्राईमरिपोर्टर) काठमाडौं फागुन ७ नेपाल प्रहरीमा सधै गुटबन्दी आक्रान्त यसपटक फर दृश्य देखिएको छ । उच्च प्रहरी अधिकारीले मिलेर अघि बढ्ने घोषणा गरेका छन् ।
महानिरीक्षक बढुवामा हुने प्रतिस्पर्धाका कारण प्रहरी नेतृत्वमा सधैँ बेमेल हुनेमा यसपटक भने फरक अवस्था देखिएको हो । प्रतिस्पर्धीहरूले समेत एकजुट भएर अघि बढ्ने र प्रहरीलाई बलियो बनाउने प्रण गरेका छन् ।
ठाकुर ज्ञवालीसँगै उनका ब्याची तारिणी लम्साल र सूर्यप्रसाद उपाध्यायसमेत आइजिपी बढुवाको प्रतिस्पर्धामा थिए । ज्ञवाली आइजिपी भएपछि बधाई दिँदै उनीहरूले आफूहरूको पूर्ण सहयोग रहने बताएका छन् । ‘महानिरीक्षक बढुवामा मेरो समर्थन छ, महानिरीक्षकलाई पूर्ण सहयोग हुनेछ,’ डिआइजी लम्सालले भने, ‘व्यक्तिगत स्वार्थभन्दा पनि प्रहरी संगठनलाई बलियो बनाउन हामी एकजुट हुनेछौँ ।’ आफ्ना ब्याचमा ज्ञवाली पहिलो नम्बरमा थिए । मंगलबारको मन्त्रिपरिषद्को बैठकले उनलाई आइजिपीमा बढुवा गरेको थियो । बढुवा पछि लम्सालले घरमै गएर ज्ञवालीलाई बधाई दिएका थिए । मुख्यालयमा स्वागत कार्यक्रममा पनि उनी ज्ञवाली सँगसँगै थिए ।
उता गृहमन्त्री रामबहादुर थापाले आफ्ना सहयोगीलाई साथ लिएर अघि बढ्न प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई सुझाब दिएका छन् । बुधबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा थापाले कार्यकाल छोटो भए पनि धेरै गर्न सकिने भन्दै आफ्नो पूर्ण साथ रहने बताए । यसैबीच, ज्ञवालीले संगठनमा भातृत्वको भावना बढाएर अघि बढ्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहका बीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनमा उनले संगठनले लिएको लक्ष्यप्रति विमुख नभई अगाडि बढ्नुपर्ने बताए । प्रहरी नेतृत्वमा एकता भएमा राजनीतिक हस्तक्षेप कम हुने र प्रहरी बलियो हुँदै जाने प्रहरी अधिकारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]