३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

धर्तीको स्वर्गमा छौं, समृद्धिले भरिपुर्ण बनाउन लागौं मन्त्री मानन्धर

Logo
प्रकाशित शनिबार, फाल्गुण १७, २०७६

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशको नेतृत्वकर्ता र व्यवस्थापकबीच कामको तालमेल हुन सकेमा मुलुकलाई स्वर्ग बनाउन सकिने बताउनुभएको छ । शनिबार १६ औं राष्ट्रिय युवा ईन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले राजनीतिक तहबाट आएका विकासका खाकालाई मुर्त रुप दिन व्यवस्थापकहरु सचेत ढंगले लाग्नुपर्ने बताउनुभएको हो । मन्त्री मानन्धरले सुखी नेपाली स् समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको समेत बताउनुभएको छ । नेपाल विश्वकै सबैभन्दा सुन्दर मुलुक भएको बताउँदै केही वर्ष सबै मिलेर मेहनत गर्न सके समृद्धि समेत हाँसिल हुने बताउनुभयो ।
मन्त्री मानन्धरले नेपाल पृथ्विको स्वर्ग भएको बताउँदै स्वर्गलाई समृद्धिले भरिपुर्ण बनाउने दायीत्व सबैको काँधमा भएको बताउनुभयो । नेपाल जस्तै जैविक विविधताले भरिपुर्ण मुलुक विश्वमा अर्को नभएको बताउँदै अब प्रकृतिले दिएका उपहारलाई समृद्धिको माध्यम बनाउनुपर्ने बताउनुभयो ।
प्रकृतिले दिएका उपहारसँगै हामीसँग पुर्खाको पौरख पनि रहेको बताउँदै मन्त्री मानन्धरले नेपालको मौलिक कला र संस्कीति पनि विश्वका लागि अध्ययनको क्षेत्र भएको बताउनुभयो । प्राकृतिक सम्पदा र साँस्कृतिक धरोहरहरुका कारण नेपालले विश्वकै ध्यान केन्द्रीत गरिरहेको बताउँदै मन्त्री मानन्धरले अब नेपालीहरुका बीचमा केही गरौं भन्ने भावना र विकासको चाहना तिब्र हुनुपर्ने बताउनुभयो । बर्तमान सरकार जनताको आशालाई विश्वास र व्यावहारमा परिणत गर्न लागिपरेको उल्लेख गर्दै मन्त्री मानन्धरले विकासका खाकाहरु कार्यान्वयन मार्फत अघि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा मन्त्री मानन्धरले देश विकासका लागि राजनीतिक र प्रशासनीक तहबाट बनेका योजनाको नक्सा डिजाइन गर्ने काम ईन्जिनियरहरुको भएको बताउँदै समृद्ध नेपाल निर्माणमा ईन्जिनियरहरुको भुमिका अतुलनिय रहने बताउनुभयो । कहीलेकाँही गलत ईन्जिनियरिङका कारण विकासका संरचनाहरु भताभुंग हुने गरेको बताउँदै मन्त्री मानन्धरले सचेत भएर काम गर्न पनि आग्रह गर्नुभयो । काठमाडौंको कालिमाटीस्थित पुलको उदाहरण दिँदै मन्त्री मानन्धरले कतै कतै गलत ईन्जिनियरिङका कारण समस्या परेको बताउनुभयो ।
आइतबारदेखि शुरु हुने युवा ईन्जिनियरहरुको सम्मेलनमा १६ सय ईन्जिनियरहरु सहभागि हुँदै छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!