३० जेठ २०८२, शुक्रबार
13-06-2025 , Fri
×

धर्तीको स्वर्गमा छौं, समृद्धिले भरिपुर्ण बनाउन लागौं मन्त्री मानन्धर

Logo
प्रकाशित शनिबार, फाल्गुण १७, २०७६

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशको नेतृत्वकर्ता र व्यवस्थापकबीच कामको तालमेल हुन सकेमा मुलुकलाई स्वर्ग बनाउन सकिने बताउनुभएको छ । शनिबार १६ औं राष्ट्रिय युवा ईन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले राजनीतिक तहबाट आएका विकासका खाकालाई मुर्त रुप दिन व्यवस्थापकहरु सचेत ढंगले लाग्नुपर्ने बताउनुभएको हो । मन्त्री मानन्धरले सुखी नेपाली स् समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको समेत बताउनुभएको छ । नेपाल विश्वकै सबैभन्दा सुन्दर मुलुक भएको बताउँदै केही वर्ष सबै मिलेर मेहनत गर्न सके समृद्धि समेत हाँसिल हुने बताउनुभयो ।
मन्त्री मानन्धरले नेपाल पृथ्विको स्वर्ग भएको बताउँदै स्वर्गलाई समृद्धिले भरिपुर्ण बनाउने दायीत्व सबैको काँधमा भएको बताउनुभयो । नेपाल जस्तै जैविक विविधताले भरिपुर्ण मुलुक विश्वमा अर्को नभएको बताउँदै अब प्रकृतिले दिएका उपहारलाई समृद्धिको माध्यम बनाउनुपर्ने बताउनुभयो ।
प्रकृतिले दिएका उपहारसँगै हामीसँग पुर्खाको पौरख पनि रहेको बताउँदै मन्त्री मानन्धरले नेपालको मौलिक कला र संस्कीति पनि विश्वका लागि अध्ययनको क्षेत्र भएको बताउनुभयो । प्राकृतिक सम्पदा र साँस्कृतिक धरोहरहरुका कारण नेपालले विश्वकै ध्यान केन्द्रीत गरिरहेको बताउँदै मन्त्री मानन्धरले अब नेपालीहरुका बीचमा केही गरौं भन्ने भावना र विकासको चाहना तिब्र हुनुपर्ने बताउनुभयो । बर्तमान सरकार जनताको आशालाई विश्वास र व्यावहारमा परिणत गर्न लागिपरेको उल्लेख गर्दै मन्त्री मानन्धरले विकासका खाकाहरु कार्यान्वयन मार्फत अघि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा मन्त्री मानन्धरले देश विकासका लागि राजनीतिक र प्रशासनीक तहबाट बनेका योजनाको नक्सा डिजाइन गर्ने काम ईन्जिनियरहरुको भएको बताउँदै समृद्ध नेपाल निर्माणमा ईन्जिनियरहरुको भुमिका अतुलनिय रहने बताउनुभयो । कहीलेकाँही गलत ईन्जिनियरिङका कारण विकासका संरचनाहरु भताभुंग हुने गरेको बताउँदै मन्त्री मानन्धरले सचेत भएर काम गर्न पनि आग्रह गर्नुभयो । काठमाडौंको कालिमाटीस्थित पुलको उदाहरण दिँदै मन्त्री मानन्धरले कतै कतै गलत ईन्जिनियरिङका कारण समस्या परेको बताउनुभयो ।
आइतबारदेखि शुरु हुने युवा ईन्जिनियरहरुको सम्मेलनमा १६ सय ईन्जिनियरहरु सहभागि हुँदै छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नयाँदिल्ली बम राखिएको धम्की आएपछि फ्लाइट नम्बर एआई–३७९ नम्बरको विमानलाई सुरक्षित रूपमा फुकेटमै आपतकालीन अवतरण गरिएको हो । विमानमा १५६ यात्रु सवार रहेका थिए । अवतरणलगत्तै यात्रुहरूलाई विमानको आपतकालीन गेटबाट  सुरक्षित रूपमा ओरालिएको थियो । बमको धम्की विमानको शौचालयमा फेला परेको कागजमा लेखिएको सन्देश मार्फत दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानले […]

  काठमाडौं । पहिलो कुरा व्यक्ति विशेषलाई इङ्गित गरेर हामीले हाम्रा माग राखेका होइनौँ । दोस्रो कुरा अध्यागमनसम्बन्धी प्रकरणमा भिजिट भिसाका सवालमा लामो समयदेखि जे भइरहेको रहेछ । जुन हामी वा राज्यले थाहा पाएपछि त्यसको समाधान हुनेगरी सरकारले काम गर्नैपर्छ । यो देशमा रोजगारी नपाएर भिजिट भिसाका नाममा विभिन्न देशमा गएर घरपरिवार चलाउनुपर्ने मानिसहरूलाई यो […]

मेष-लाभको अवसर देखा पर्नेछ। कार्यमा साथ दिनेहरू सक्रिय हुनेछन्। पुराना प्रयासले आज फल दिन सक्छन्।सम्पर्क विस्तार र आत्मविश्वासका लागि शुभ दिन। वृष-जिम्मेवारी बढ्न सक्छ, थकान पनि आउन सक्छ। तापनि तपाईको धैर्यले कामलाई गति दिनेछ।धनको निर्णयमा सावधानी अपनाउनुहोस्। मिथुन-सुखद समाचार सुन्न पाइने दिन। अध्ययन, लेखन वा अध्यात्ममा चासो बढ्नेछ।यात्राको योजना बन्न सक्छ, मन हलुका हुनेछ। कर्कट-आत्मसंसोधनको […]

error: Content is protected !!