२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

५ नम्बर प्रदेशमा अख्तियार दुरुपयोग गर्नेमा स्थानीयतह अग्रपङ्तीमा

Logo
प्रकाशित आइतबार, फाल्गुण १८, २०७६

बुटवल फागुन १८ पछिल्लो समय नेपालमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीयतहमा हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले खुलासा गरेको छ । आयोगले भ्रष्टाचार नियन्त्रणकालागि अख्तियारले दिएको सुझाव स्थानीय तहले कार्यान्वयन नगरेको मात्र भनेको छैन स्थानीयतहका जनप्रतिनिधिहरुले कुनै न कुनैरुपमा अख्तियार दुरुपयोग गरेको समेत ठहर गरेको छ ।
अख्तियारले आज बुटवलमा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्दै अनुसन्धानका क्रममा कुनैपनि राजनितीक प्रभाव र दबाबमा नपरि कसुर गर्ने कसैलाई पनि नछाड्ने प्रतिबद्धता समेत ब्यक्त गरेको छ । अन्तरक्रियामा बोल्दै आयोगको बुटवल ईकाईका प्रमुख डा. भिष्मकुमार भुषालले आफ्नै पुर्व आयुक्तहरुलाई समेत नछाडेको अख्तियारले कसैलाई नटाड्ने दृढता ब्यक्त गर्नुभयो । उहांले परेका मुद्दाहरु परिपक्क नभई सार्वजानीक गर्न नसकिने बताउंदै अख्तियारको अनुसन्धान प्रकृतिका कारण तत्काल सुचना दिन नसकिने स्पष्ट पार्नुभयो । प्रमुख भुषालले आगामी दिनमा सुचना र मिडीयाको हकमा सहज वाताबरण बनाईने बताउनु भयो ।
अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै आयोगको बुटवल इकाईका उपसचिव रमेश ढकालले अख्तियारको अनुसन्धानमा नागरिकले सुशासनको अनुभुति गर्न नसकेको पाईएको बताउनु भयो । ढकालले स्थानीय तहले अख्तियारले दिएको सुझाव कार्यान्वयन नगरेको बताउंदै आयोगमा परेको उजुरीमा पनि सबैभन्दा बढी स्थानीयतहकै रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा सहभागिहरुले आयोग मिडीया मैत्री बन्न नसकेको, ठूलो भ्रष्टाचारमा अख्तियार सफल हुन नसकेको तथा आयोगको अनुसन्धान प्रभावकारी नभएको टिप्पणी गरेका थिए ।
अन्तरक्रियामा बितरित कार्यपत्रका अनुसार आयोगको बुटवल कार्यालय अन्तर्गत सबैभन्दा बढी स्थानीय तहमा भएको भ्रष्टाचारको उजुरी पर्ने गरेको छ । आर्थिक वर्ष ०७६।७७ मा अख्तियार बुटवल कार्यालयले १ हजार ९९ उजुरी मध्य ५८३ उजुरीको फस्र्यौट गरेको छ भने २२ वटा स्ट्रीङ अप्रेशन गरि १० लाख ६२ हजार ५५ रुपैयां असुल उपर गरेको छ । उजुरीमा कुल १०९९ उजुरी मध्य स्थानीयतहको मात्र ३९३ उजुरी अख्तियारको बुटवल कार्यालयमा दर्ता भएकाछन् । मुद्दाको प्रकृतिमा शिक्षामा ३०२, भुमिसुधारमा ११५बन तथा बातावरणमा ५६, गृहमा ३४ मुद्दा कार्यालयमा दर्ता रहेकाछन् । अख्तियारमा सबै भन्दा बढी रुपन्देहीमा र सबै भन्दा कम रुकुम पुर्वमा उजुरी आउने गरेको समेत आयोगले जनाएको छ । आर्थिक वर्षको माघ मसान्त सम्म रुपन्देहीमा ३५०, कपिलवस्तुमा २११, नवलपरासी पश्चिममा १५९, अर्घाखांचिमा ८९ मुद्दा अख्तियारमा परेकाछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।