२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

थरूहटको बन्दले दाङ बाँके बर्दिया कैलालीको जनजिवन प्रभावित

Logo
प्रकाशित मंगलबार, फाल्गुण २०, २०७६

(सागर थापा)
थरुहट थारुवान राष्ट्रिय मोर्चाले २० र २१ गते गरेको नेपाल बन्दको प्रभाव दाङ बाँके बर्दिया कैलाली कंचनपुर लगाएतमा थारू बाहुल्य क्षेत्र भएका कारण पनि बन्दको प्रभाव परेको हो । बन्दका कारण छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन देखि शैक्षिक संस्था, कलकारखाना, बजार सबै ठप्प रहेका छन् । भने विभिन्न प्रमुख बजारमा छिटफुट वाहेक कुनै पनि सवारीका साधान चल्न सकेका छैनन् ।
बिहान काठ्माण्डौबाट आएका बसलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यतर्फ पठाइएको पाँच नम्बर प्रदेश प्रहरी कार्यालयका निमित्त डिआइजी मोहन कुमार आचार्यले जानकारी दिएका छन् । जिल्लामा गन्तव्यतर्फ हिडेका यात्रु अलपत्र पर्ने अवस्था नआएको उनको भनाई छ ।
बन्दमा हुन सक्ने विभिन्न घटनालाई मध्यनजर गरी जिल्लामा सुरक्षाका लागि ठाँउ–ठाँउमा सुरक्षा परिचालन गरिएको पनिमित्त डिआइजी आचार्यले बताए । गन्तव्यमा हिडेको यात्रु अलपत्र पर्ने अवस्थामा आउन नदिन तयारी रहेको उनको भनाई छ ।
प्रहरीले स्कटीङ गरेर यात्रुलाई गन्तव्यमा पु¥याउने जनाएको छ । बन्दको प्रभाव सबैभन्दा बढी दाङ सहित बाँके, बर्दिया, कैलाली, कन्चनपुर लगायतका जिल्लामा परेको छ ।
मोर्चाको केन्द्रिय संयोजन समितिले विभिन्न १४ बुँदे माग राख्दै सरकारको ध्यानआकर्षण र आन्दोलनको समेत घोषणा गरेको हो । मोर्चाले टीकापुर घटना सँग जोडिएको बिषयलाई प्रमुख बनाईट विभिन्न अभियोगमा थरुहट आन्दोलनमा भएका मुद्धालाई राजनितिक घटनाको रुपमा लिन सरकार सँग माग गरेको छ ।
मोर्चाका महासचिब तुलसी थारुले जारी गरेको प्रेस बिज्ञप्तीमा आफुहरु निरन्तर आन्दोलनमा रहेको तर सरकारले सूनुवाई नगरेको भन्दै आन्दोलनलाई शसक्त बनाउने चेतावनी समेत दिएको छ । आमहड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने बिज्ञप्तीमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

error: Content is protected !!