०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

२ कराेडकाे भ्रष्टाचार गरेका बाणिज्य बैंकका तत्कालीन प्रबन्धक ढकालविरुद्ध मुद्दा

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक धुलिखेलका तत्कालीन प्रबन्धकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले तत्कालीन प्रबन्धक राजुप्रसाद ढकालविरुद्ध २ करोड २ लाख ७३ हजार बिगो कायम गरी मुद्दा दायर गरेको हो।
त्यस्तै, आयोगले सुनौला खिम्ती–अजम्बर–शिवराम जेभीका साझेदारहरु शिवराम कन्ट्रक्सनका अध्यक्ष शिवजी सापकोटा, अजम्बर निर्माण सेवाका सञ्चालक बैकुण्ठप्रसाद भण्डारी र सुनौला खिम्ती कन्ट्रक्सनका प्रबन्ध निर्देशक धर्मराज भण्डारीविरुद्ध नक्कली बैंक ग्यारेन्टी पेश गरी आफ्ना प्रतिनिधिमार्फत झुठा विवरण पेश गरी सरकारी सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएको छ।
आयोगले उनीहरुविरुद्ध २ करोठ २ लाख ७३ हजार बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो। चरिकोट–दोलखा–विजयनगर खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्यको ठेक्का सम्झौता तथा मोबिलाइजेसन पेस्की लिने प्रयोजनका लागि उनीहरुले नक्कली बैंक जमानत राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!