२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

२ कराेडकाे भ्रष्टाचार गरेका बाणिज्य बैंकका तत्कालीन प्रबन्धक ढकालविरुद्ध मुद्दा

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक धुलिखेलका तत्कालीन प्रबन्धकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले तत्कालीन प्रबन्धक राजुप्रसाद ढकालविरुद्ध २ करोड २ लाख ७३ हजार बिगो कायम गरी मुद्दा दायर गरेको हो।
त्यस्तै, आयोगले सुनौला खिम्ती–अजम्बर–शिवराम जेभीका साझेदारहरु शिवराम कन्ट्रक्सनका अध्यक्ष शिवजी सापकोटा, अजम्बर निर्माण सेवाका सञ्चालक बैकुण्ठप्रसाद भण्डारी र सुनौला खिम्ती कन्ट्रक्सनका प्रबन्ध निर्देशक धर्मराज भण्डारीविरुद्ध नक्कली बैंक ग्यारेन्टी पेश गरी आफ्ना प्रतिनिधिमार्फत झुठा विवरण पेश गरी सरकारी सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएको छ।
आयोगले उनीहरुविरुद्ध २ करोठ २ लाख ७३ हजार बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो। चरिकोट–दोलखा–विजयनगर खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्यको ठेक्का सम्झौता तथा मोबिलाइजेसन पेस्की लिने प्रयोजनका लागि उनीहरुले नक्कली बैंक जमानत राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]