२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

एकासी अर्थ तथा संचारमन्त्री खतिवडाबाट राजीनामा

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपदबाट राजीनामा दिनुभएको छ ।
राष्ट्रियसभा सदस्य रहनुभएका मन्त्री खतिवडाले राष्ट्रियसभाको दुई कार्यकाल पूरा भएकाले राजीनामा दिनुभएको हो । अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. खतिवडाले आज मुख्यसचिव मार्फत् राजिनामा बुझाउनुभएको हो । अर्थमन्त्रीको खतिवडाको पद २१ गते रातिबाट सकिने भएको हुदा उहाले २१ गते रातीबाट लागु हुने गरि राजिनामा दिएको स्रोतले जानकारी दिएको छ ।
गोलाप्रथाबाट दुईवर्षे कार्यकालको जिम्मेवारी पाएका खतिवडालगायत १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि आजबाट सकिएको छ । तर, राजीनामा पछिपनि डा. खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने तयारी रहेको स्रोतले जनाएको छ । खतिवडाको सपथ भोलिका लागि नै तय भैसकेको स्रोतको भनाइ छ । राष्ट्रिय सभामा निर्वाचित १८ जना नयाँ सदस्यहरुको भोलि सपथ हुँदैछ । तर, राष्ट्रपतिबाट मनोनित हुने एक जना सदस्य भने केही समयसम्म रिक्त नै रहने स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]