२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

एकासी अर्थ तथा संचारमन्त्री खतिवडाबाट राजीनामा

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपदबाट राजीनामा दिनुभएको छ ।
राष्ट्रियसभा सदस्य रहनुभएका मन्त्री खतिवडाले राष्ट्रियसभाको दुई कार्यकाल पूरा भएकाले राजीनामा दिनुभएको हो । अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. खतिवडाले आज मुख्यसचिव मार्फत् राजिनामा बुझाउनुभएको हो । अर्थमन्त्रीको खतिवडाको पद २१ गते रातिबाट सकिने भएको हुदा उहाले २१ गते रातीबाट लागु हुने गरि राजिनामा दिएको स्रोतले जानकारी दिएको छ ।
गोलाप्रथाबाट दुईवर्षे कार्यकालको जिम्मेवारी पाएका खतिवडालगायत १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि आजबाट सकिएको छ । तर, राजीनामा पछिपनि डा. खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने तयारी रहेको स्रोतले जनाएको छ । खतिवडाको सपथ भोलिका लागि नै तय भैसकेको स्रोतको भनाइ छ । राष्ट्रिय सभामा निर्वाचित १८ जना नयाँ सदस्यहरुको भोलि सपथ हुँदैछ । तर, राष्ट्रपतिबाट मनोनित हुने एक जना सदस्य भने केही समयसम्म रिक्त नै रहने स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]