०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

५. नम्बर प्रदेशमा डिआईजीविहीन

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

(सागर थापा)
नेपालगन्ज डीआईजी ठाकुर ज्ञवाली आईजीपीमा नियुक्त भएको करिब दुई साता दिन भइसक्दा पनि प्रस्तावित प्रदेश डिआईजीविहीन छ । यस प्रदेशका तत्कालिन डिआईजी सुरेश विक्रम शाह अवकाश भएपछि अहिले उक्त प्रदेश प्रहरी प्रमुखविहीन बनेको हो ।
गएको माघ २८ मा निवर्तमान आईजीपी सर्वेन्द्र खनालसँगै तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र १७ जना डीआईजीले एकैपटक ३० वर्षे सेवा अवधीको कारण अवकाश पाएका थिए । जसमा लुम्बिनी प्रदेशका डिआर्यजी शाह पनि अवकाशको सूचीमा परेका थिए ।
ज्ञवाली आईजीपीमा नियुक्त भएसँगै लुम्बिनीसँगै पाँचवटा प्रदेशमा एसएसपीले कमाण्ड सम्हालेका छन् । प्रदेश प्रहरी प्रमुख डीआईजी रहने व्यवस्था छ । प्रहरीकाअनुसार एक नंम्बरसहित बागमती, गण्डकी, प्रस्तावित लुम्बिनी र कर्णाली प्रदेश डीआईजीविहीन छ ।
एआईजी बढुवा नगरिकन डीआईजी बढुवा गर्ने अवस्था नभएकोले पाँचवटै प्रदेशमा एसएसपीले कमाण्ड सम्हालेका छन् । प्रदेश दुईमा डीआईजी प्रधुम्न कार्की र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्सालको कमाण्ड छ ।
प्रस्तावित लुम्बिनी प्रदेशका डीआईजी सुरेश विक्रम साहसँगै कर्णाली प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीले पनि सोही समयमा अवकाश पाएका हुन् । यसले कर्णलीमा पनि अहिले डीआईजी छैनन् ।
ज्ञवाली आईजीपीमा नियुक्त भएसँगै रिक्त तीन एआईजी पदको लागि गृह मन्त्रालयले गृहकार्य शुरू गरेको छ । तीन एआईजीले अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मानवस्रोत तथा प्रशासन विभागको जिम्मेवारी सम्हाल्छन् ।
तीन एआईजीको लागि सात डीआईजी प्रतिस्पर्धामा छन् । उनीहरुबीच चर्को भीडन्त हुने देखिएको छ । १७ डीआईजी एकैपटक अवकाशमा जाँदा सात डीआईजी भने कार्यरत नै थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]