०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

५. नम्बर प्रदेशमा डिआईजीविहीन

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

(सागर थापा)
नेपालगन्ज डीआईजी ठाकुर ज्ञवाली आईजीपीमा नियुक्त भएको करिब दुई साता दिन भइसक्दा पनि प्रस्तावित प्रदेश डिआईजीविहीन छ । यस प्रदेशका तत्कालिन डिआईजी सुरेश विक्रम शाह अवकाश भएपछि अहिले उक्त प्रदेश प्रहरी प्रमुखविहीन बनेको हो ।
गएको माघ २८ मा निवर्तमान आईजीपी सर्वेन्द्र खनालसँगै तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र १७ जना डीआईजीले एकैपटक ३० वर्षे सेवा अवधीको कारण अवकाश पाएका थिए । जसमा लुम्बिनी प्रदेशका डिआर्यजी शाह पनि अवकाशको सूचीमा परेका थिए ।
ज्ञवाली आईजीपीमा नियुक्त भएसँगै लुम्बिनीसँगै पाँचवटा प्रदेशमा एसएसपीले कमाण्ड सम्हालेका छन् । प्रदेश प्रहरी प्रमुख डीआईजी रहने व्यवस्था छ । प्रहरीकाअनुसार एक नंम्बरसहित बागमती, गण्डकी, प्रस्तावित लुम्बिनी र कर्णाली प्रदेश डीआईजीविहीन छ ।
एआईजी बढुवा नगरिकन डीआईजी बढुवा गर्ने अवस्था नभएकोले पाँचवटै प्रदेशमा एसएसपीले कमाण्ड सम्हालेका छन् । प्रदेश दुईमा डीआईजी प्रधुम्न कार्की र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्सालको कमाण्ड छ ।
प्रस्तावित लुम्बिनी प्रदेशका डीआईजी सुरेश विक्रम साहसँगै कर्णाली प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीले पनि सोही समयमा अवकाश पाएका हुन् । यसले कर्णलीमा पनि अहिले डीआईजी छैनन् ।
ज्ञवाली आईजीपीमा नियुक्त भएसँगै रिक्त तीन एआईजी पदको लागि गृह मन्त्रालयले गृहकार्य शुरू गरेको छ । तीन एआईजीले अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मानवस्रोत तथा प्रशासन विभागको जिम्मेवारी सम्हाल्छन् ।
तीन एआईजीको लागि सात डीआईजी प्रतिस्पर्धामा छन् । उनीहरुबीच चर्को भीडन्त हुने देखिएको छ । १७ डीआईजी एकैपटक अवकाशमा जाँदा सात डीआईजी भने कार्यरत नै थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!