०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

जनमोर्चा दाङले महिनाभर देश ब्यापिरुपमा संगठनात्मक अभियान

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

सागर थापा दाङ जिल्लामा राष्ट्रिय जनमोर्चाले आफ्नो अभियानलाई तिब्रगतिमा अगाडी बढेको छ । जिल्लाका विभिन्न भागमा अलग अलग टोली जनताको घरदैलोमा पुगेका छ्न । ती टोलिमा सहभागी नेता कार्यकर्ताहरुले जनताको समस्या बुझ्नुका साथै देशको अबस्थाको बारेमा बताउदै पार्टीको सदस्यता दिने काम गर्नु भएको छ । अहिले सम्म प्राप्त विवरण अनुसार राप्ती गाउपालिकाको टोलीले १८४३ जानालाइ सदस्यता प्रदान गरेको छ । उक्त टोलिमा अखिल नेपाल किसान संघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य केशवराज खनाल जिल्ला सल्लाहकार रमेशमान गुरुङ तराई मधेस जनबादी मोर्चाका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी लगायतका नेताहरु लाग्नु भएको छ । यसैगरी गढबा गाउपालिकाले १११५ जनालाइ सदस्यता प्रदान गरेको छ । उक्त टोलिमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपाली केन्द्रिय कोषाध्यक्ष ओम बहादुर के सि प्रदेश समितिका सचिबालय सदस्य रेशम बि सि जिल्ला सदस्य तुकमान कुवर जिल्ला सल्लाहकार गुणनिधी शर्मा अखिल नेपाल युबक संघ का केन्द्रिय उपाध्यक्ष चित्र एम सि लगायतका नेताहरु लाग्नु भएको छ । यसैगरी घोराही उपमहानगरपालिकाको टोलिले ८२७ जनालाइ सदस्यता प्रदान गरेको छ । उक्त टोलिमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य जिल्ला सदस्य खडानन्द खनाल नगर अध्यक्ष हरि खरेल उपाध्यक्ष मनिराम खनाल कोषाध्यक्ष चन्द्र बहादुर रावत अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष रामबहादुर घर्ती लगायतका नेताहरु लाग्नु भएको छ । यसैगरी लमही नगरपालिका को टोलिले ६०२ जनालाई सदस्यता प्रदान गरेको छ । उक्त टोलिमा राष्ट्रिय जनमोर्चा जिल्ला सचिब वसन्त पौडेल जिल्ला सचिबालय सदस्य पदम गोराथोकी जिल्ला सदस्य कुलचन्द्र पोख्रेल ठाकुर भण्डारी नगर अध्यक्ष हरि थापा लगायतका नेताहरु लाग्नु भएको छ । यसैगरी तुलसीपुरको टोलिले ९५४ जनालाई सदस्यता प्रदान गरेको छ । उक्त टोलिमा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य कमला जि सि जिल्ला सचिबालय सदस्य शुक्रराज भण्डारी जिल्ला सल्लाहकार दोर्ण घर्ती लगायतका नेताहरु लाग्नु भएको छ । यसैगरी दङिसरण, सान्तिनगर र बबई गाउपालिकाको टोलिले ७३ जनालाइ सदस्यता प्रदान गरेको छ । उक्त टोलिमा राष्ट्रिय जनमोर्चा जिल्ला सह सचीव ऋषिराम पौडेल , जिल्ला सदस्य तुलबहादुर योगि अखिल नेपाल युबक संघ का पुर्ब केन्द्रिय सदस्य सशिराम बुढाथोकी लगायतका नेताहरु लाग्नु भएको छ । यसैगरी राजपुर गाउपालिकाको टोलिले ३२५ जनालाई सदस्यता प्रदान गरेको छ । उक्त टोलिमा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य कपिलदेब खनाल राम फकिरे रैदास जस बहादुर घर्ती कमल बि क लगायतका नेताहरु लाग्नु भएको छ । जिल्ला सदस्य सुशील पोख्रेल ले जिल्ला भरी आबस्यक सामान पुराउने र रेकर्ड ब्यबस्थित गर्ने काम गर्नु भएको छ भने अभियान परिचालन समितिका सयोजक कासिनाथ पोख्रेल ले अभियान लाइ संयोजन गर्ने काम गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!