२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेको हेल्थ क्याम्पसमा बार्षिकोत्सब स्वागत र विदाई कार्यक्रम समपन्न

Logo
प्रकाशित शनिबार, फाल्गुण २४, २०७६

महेन्द्र सिंह
बाँके नेपालगञ्ज हेल्थ क्याम्पसले आज आफ्नो १२ औं बार्षिकोत्सब मनाएको छ ।
क्याम्पस प्रांगणमा आयोजित कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिनुका साथै अध्ययन सकेर जान थालेका विद्यार्थीहरुलाई विदाई गरिएको थियो । विद्यार्थी रमेश केसीको सभापतित्व एवम् प्रदेश ५ का सांसद् सुरेन्द्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पसका जेहेन्दार विद्यार्थीहरु पूजा सेढाईं, राजु बस्नेत र मिना बाठालाई सम्मानसंगै पुरस्कृत गरिएको थियो ।
प्रमुख अतिथि हमालले स्वास्थ्य क्षेत्रमा अब्बल जनशक्ति उत्पादन गर्न उल्लेख्य योगदान गरिरहेको भन्दै क्याम्पसको प्रशंसा गर्नुभयो । अनुशासन र लगनशिलताले नै सफलता हासिल हुने बताउँदै सांसद् हमालले स्वास्थ्य क्षेत्र संवदेनशील भएकाले विद्यार्थीहरुलाई गम्भीर बनेर शिक्षा आर्जन गर्न आग्रह गर्नुभयो ।
क्याम्पसका संस्थापक एवम् पूर्व संविधानसभा सदस्य मैकुलाल बाल्मिकीले साविकको मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरेर स्थापना गरिएको क्याम्पसले धेरै अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल भएको बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन गरेर क्याम्पसले स्वास्थ्यका क्षेत्रमा योगदान गरिरहेको बताउनुभयो ।
क्याम्पस प्रमुख प्रभाकर मिश्रले निकट भविष्यमा क्याम्पस आफ्नै सुविधा सम्पन्न भवनमा सर्ने जानकारी दिँदै सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग र कानुन विषयको अध्यापन गराउने लक्ष्य रहेको बताउनुभयो । उहाँले सिटिइभिटी फार्मेसी प्रथम बर्षको हालै प्रकाशित परिक्षाफलमा यो क्याम्पस मुलुकमै दोस्रो भएको बताउनुभयो । विद्यार्थी विन्दु शाही ठकुरीले स्वागत मन्तब्य दिनुभएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
नेपालगञ्ज हेल्थ क्याम्पसमा ३ बर्षे ल्याब टेक्निसियन, ३ बर्षे फार्मेसी इन डिप्लोमा र १८ महिने ल्याब असिस्टेन्टको पढाई हुँदै आएको छ । ल्याब टेक्निसियनतर्फ हालसम्म १ सय २, डिप्लोमा इन फार्मेसीतर्फ ८ जना र ल्याब असिस्टेन्टतर्फ ८५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!