बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ को कल्लुपर्वा टोलमा राष्ट्रिय जनमत पार्टी (बुलडोजर छाप) को ११ सदस्यीय टोल समिति गठन भएको छ।
आज सम्पन्न कार्यक्रममा पार्टीका महासचिव राजा सिंह, जिल्ला नेता शैलेन्द्र सिजापति, वडा नं. १४ का वार्ड इन्चार्ज रमजान अलि राई, केन्द्रीय सदस्य माजिद हासमी, समाजसेवी इसाक हासमी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरुले टोलमा पार्टी संगठनलाई थप बलियो बनाउँदै जनताको समस्या समाधानमा सक्रिय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।
*राष्ट्रिय जनमत पार्टी जिन्दावाद !*
*बुलडोजर छाप जिन्दावाद !!* ✊