२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मालेका महासचिव मैनालीले आफ्नो दुर्घटनाबारे सरकारले छानबिन नगरेको प्रति दुःखेसो पोखे

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

काठमाडौं नेकपा मालेका महासचिव सिपी मैनालीले आफ्नो दुर्घटनाबारे सरकारले छानबिन नगरेको प्रति दुःखेसो पोखेका छन् । सोमबार ग्राण्डी अस्पतालमा आफुँलाई भेट्न आएका सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नभएको प्रति गुनासो गरेका हुन् ।
मैनालीले आफ्नो दुर्घटनाको पछाडि षडयन्त्र भएको भन्दै छानबिन गर्न आग्रह गर्दै आएका थिए । ‘मैले त यो दुर्घटनालाई षड्यन्त्रको संकेतको रुपमा लिएको छु’, मैनालीले भने, ‘मैले सरकारलाई यो दुर्घटनाको छानबिन गर्न आग्रह गरेको थिएँ तर, अहिलेसम्म कुनै छानबिन गर्ने प्रक्रिया अघि बढेन ।’
उनले आफ्ना पार्टीका नेताहरुले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर छानबिनको लागि आग्रह गर्ने कार्यक्रम रहेको जानकारी दिए । मैनालीले जनाएअनुसार उनको आगामी बिहीबार अस्पतालबाट डिस्चार्ज हुनेछ ।
झापाबाट काठमाडौं आउँदै गर्दा मैनाली सवार कार गत फागुन १४ मा दुर्घटनामा परेको थियो । उनी सवार कारलाई विपरित दिशाबाट आउँदै गरेको पिकअप भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा उनिसहित उनका छोरा–बुहारी, नाती र चालक घाईते भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!