०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मालेका महासचिव मैनालीले आफ्नो दुर्घटनाबारे सरकारले छानबिन नगरेको प्रति दुःखेसो पोखे

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

काठमाडौं नेकपा मालेका महासचिव सिपी मैनालीले आफ्नो दुर्घटनाबारे सरकारले छानबिन नगरेको प्रति दुःखेसो पोखेका छन् । सोमबार ग्राण्डी अस्पतालमा आफुँलाई भेट्न आएका सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नभएको प्रति गुनासो गरेका हुन् ।
मैनालीले आफ्नो दुर्घटनाको पछाडि षडयन्त्र भएको भन्दै छानबिन गर्न आग्रह गर्दै आएका थिए । ‘मैले त यो दुर्घटनालाई षड्यन्त्रको संकेतको रुपमा लिएको छु’, मैनालीले भने, ‘मैले सरकारलाई यो दुर्घटनाको छानबिन गर्न आग्रह गरेको थिएँ तर, अहिलेसम्म कुनै छानबिन गर्ने प्रक्रिया अघि बढेन ।’
उनले आफ्ना पार्टीका नेताहरुले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर छानबिनको लागि आग्रह गर्ने कार्यक्रम रहेको जानकारी दिए । मैनालीले जनाएअनुसार उनको आगामी बिहीबार अस्पतालबाट डिस्चार्ज हुनेछ ।
झापाबाट काठमाडौं आउँदै गर्दा मैनाली सवार कार गत फागुन १४ मा दुर्घटनामा परेको थियो । उनी सवार कारलाई विपरित दिशाबाट आउँदै गरेको पिकअप भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा उनिसहित उनका छोरा–बुहारी, नाती र चालक घाईते भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]