काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्था, परीक्षा नियन्त्रण महाशाखाको सरकारी गाडी लिएर शनिबार राति पोखरामा कर्मचारीहरू फोटो सेसन र मस्तीमा व्यस्त रहेको भन्दै तस्बिरहरू सार्वजनिक भएका छन्।
परीक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको शाखाको सरकारी गाडी बिदाको दिन राति पोखरा पुग्नुको कारण के हो भन्ने प्रश्न उठेको छ।
यो सरकारी कामकाज थियो कि व्यक्तिगत घुमघाम र मस्ती ? भन्ने बारे सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।
सरकारी साधनको दुरुपयोग हो कि होइन भन्ने बारे सम्बन्धित निकायले छानबिन गरी जवाफ दिनुपर्ने माग उठेको छ। जनताको करबाट किनेको गाडी मनलाग्दी प्रयोग गर्न नमिल्ने सर्वसाधारणको भनाइ छ।
तस्बिर प्रमाणसहित सार्वजनिक भएपछि त्रिविले यसबारे स्पष्ट पार्नुपर्ने दबाब बढेको छ।
*#त्रिभुवन_विश्वविद्यालय #सरकारी_गाडी_दुरुपयोग #पोखरा #IOE*