२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ अबस्थामा सुधार हुदै

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य अवस्थामा सन्तोषजनक सुधार आएको कुरा त्रिवि शिक्षण अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपणकाे छैटौं दिनको स्वास्थ्य विवरण सार्वजनिक गर्दै अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको जानकारी दिएका हुन् ।
‘प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको मृगौला प्रत्यारोपण गरिएको आज छैठौं दिन, उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ, उहाँको नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिइएको छ’, विज्ञप्तीमा भनिएको छ ।
अस्पतालले सार्वजनिक गरेको विज्ञप्तीमा प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा संग्रौलाको स्वास्थ्यस्थिति पनि राम्रो रहेको जनाइएको छ ।
तर, जानकारीमा आएन प्रत्यारोपित मिर्गौलाबारे अवस्था
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणसँगै अस्पतालले नियमित स्वास्थ्य बुलेटिन सार्वजनिक गर्दै आएको छ । सार्वजनिक बुलेटिनमा अस्पतालले प्रधानमन्त्रीले खाना खाएको र अवस्था राम्रो भएको भनेपनि मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको महत्वपूर्ण मानिने रिर्पोट बारे भने जानकारी दिएको छैन् ।
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको मिर्गौलाको अवस्था, ब्लड, सुगर, पिशावलगायतका कुराहरुको रिपोर्ट महत्वपूर्णं मानिन्छ । तर अस्पतालले त्यस्ता रिपोर्टहरुबारे जानकारी नदिई स्वास्थ्य अवस्था राम्रो भएको बताईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!