१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ अबस्थामा सुधार हुदै

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य अवस्थामा सन्तोषजनक सुधार आएको कुरा त्रिवि शिक्षण अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपणकाे छैटौं दिनको स्वास्थ्य विवरण सार्वजनिक गर्दै अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको जानकारी दिएका हुन् ।
‘प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको मृगौला प्रत्यारोपण गरिएको आज छैठौं दिन, उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ, उहाँको नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिइएको छ’, विज्ञप्तीमा भनिएको छ ।
अस्पतालले सार्वजनिक गरेको विज्ञप्तीमा प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा संग्रौलाको स्वास्थ्यस्थिति पनि राम्रो रहेको जनाइएको छ ।
तर, जानकारीमा आएन प्रत्यारोपित मिर्गौलाबारे अवस्था
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणसँगै अस्पतालले नियमित स्वास्थ्य बुलेटिन सार्वजनिक गर्दै आएको छ । सार्वजनिक बुलेटिनमा अस्पतालले प्रधानमन्त्रीले खाना खाएको र अवस्था राम्रो भएको भनेपनि मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको महत्वपूर्ण मानिने रिर्पोट बारे भने जानकारी दिएको छैन् ।
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको मिर्गौलाको अवस्था, ब्लड, सुगर, पिशावलगायतका कुराहरुको रिपोर्ट महत्वपूर्णं मानिन्छ । तर अस्पतालले त्यस्ता रिपोर्टहरुबारे जानकारी नदिई स्वास्थ्य अवस्था राम्रो भएको बताईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । मलको अभाव सरकारले समयमै मल आयात/वितरण गर्न नसक्दा चैते धान, तरकारी लगाउने बेलामा किसानले मल पाउँदैनन्। सहुलियत मल डिलरमार्फत मात्र आउँदा सीमित डिपोमा भीड हुन्छ। कालोबजारीको डरले पनि किसान पहिले लाइन बस्छन्। अनलाइन/सहकारीबाट दर्ता गर्ने भनिए पनि गाउँका धेरै किसानलाई त्यो सिस्टम पुगेको छैन। अन्तमा आएर लाइनमै पर्नुपर्छ। तातोमा, घाममा, पानी नपिई लाइन […]

दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङले जेठ महिनाको कामको प्रगति सार्वजनिक गर्न पत्रकारहरूसँग भेटघाट कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक दिपक श्रेष्ठको उपस्थितिमा प्रगति विवरण कार्यालयका प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.ले जेठ महिनाभर प्रहरीले गरेका कामको मासिक रिपोर्ट प्रस्तुत गर्नुभयो। अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी, चोरी-पैठारी […]

दाङ । शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले मेचीदेखि महाकालीसम्मको नेपाल साइकल यात्रा पूरा गरी गृहनगर फर्किएका युवा साइकल यात्री बर्सात क्षेत्रीलाई मङ्गलबार घोराहीमा विशेष सम्मान गरिएको छ। घोराही बनाऔँ अभियानको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन […]

error: Content is protected !!