२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

शिशुलाई जन्म दिएर केही घण्टामा सडकमा छोडेर आमा वेपत्ता

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

एक गर्भवती महिलाले अस्पतालमा शिशुलाई जन्म दिइन्। जन्म दिएको केही घण्टामै सडकमा शिशु छोडेर आमा वेपत्ता भएकी छिन्। घटना भारतको उत्तर प्रदेशस्थित कानपुरको हो। कानपुर जिल्लाको डफरिन अस्पतालमा शनिबार एक गर्भवति महिला भर्ना भइन्। आइतबार ती महिला डेलिभरी भइन्। उनको कोखबाट एक स्वस्थ बच्चाको जन्म भयो। केही घण्टापछि ती आमा आफ्नो बच्चालाई लिएर अस्पतालबाट भागिन्। महिला आफ्नो शिशुसहित अस्पतालबाट भागेपछि डाक्टर तथा नर्स तनावमा थिए। केही समयपछि थाहा भयो की त्यहाँको नविन मार्केटको सडकमा नवजात शिशु भेटियो। वेवारिस् शिशु फेला परेपछि त्यसको सुचना प्रहरीलाई दिइयो। अनुसन्धानपछि ती बच्चा अस्पतालबाट भागेकी महिलाको भएको खुलासा भयो। बच्चालाई अहिले कानपुरको एक अस्पतालको आइसीयूमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले शिशुकी आमाको खोजी भइरहेको जनाएको समाचारमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!