२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

आज देखि ३ दिनसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान महाशाखा

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

काठमाडौं हाल देशमा उल्लेखनिय मौसमी प्रणाली सक्रिय नभएपनि आज सााँझबाट पश्चिमी वायूले नेपालमा प्रभाव पार्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । हाल देशको केहि पश्चिमि भू–भाग लगायत मध्य र पूर्वी पहाडि भु–भागमा आंशिक बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। पूर्वि तथा मध्य पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज राती देशभर आँशिक देखि सामान्य बदली रही पहाडि भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसोः देशभर आंशिक बदलि रहनेछ। अपरान्ह पछि पूर्वि तथा मध्य पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीः देशभर आँशिक देखि सामान्य बदली रही पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ। बुधबार दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ। रातीः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ। बिहिबार दिउँसोः देशभर आँशिक रहनेछ। पहाडि भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ। रातीः देशभर आँशिक रहनेछ। पहाडि भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!