२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

दाङ प्रहरीले होलीमा अमर्यादित कार्य गर्नेहरु २२ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

सागर थापा
दाङमा होली पर्वमा अमर्यादित कार्य गरेको अभियोगमा दाङ प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ । जर्वजस्ती रंग र लोला हान्ने, अत्यधिक मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका २२ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खटकाले जानकारी दिएका छन् ।
त्यसैगरी उक्त उत्सृंखल कार्यमा प्रयोग भएका ६९ वटा सवारी साधन मोटरसाईकल लगाएतलाई समेत नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ । अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा चाड पर्वलाई मर्यादित बनाउने प्रहरीको बिशेष अभियान अन्तरगत भएको निगरानीमा विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको र अनुसन्धान भैरहेको प्रहरी प्रबक्ता डिएसपी खटकाले बताएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!